मधेशका सबै जिल्ला सदरमुकामसम्म चार लेनको पक्की सडक बन्ने

  २०७३ जेठ ३१ गते १२:०७     विकासन्युज

काठमाडौं, ३१ जेठ । सरकारले तराई मधेशका सबै जिल्ला सदरमुकामसम्म चार लेनको पक्की सडक निर्माण गर्ने भएको छ । तराई मधेशमा विकास र समृद्धिको ढोका खोल्न भन्दै पुर्व पश्चिम राजमार्गदेखि जिल्ला सदरमुकाम र भारतीय सिमासम्म पुग्ने सडकलाई चार लेनको पक्की सडकका रुपमा विस्तार गर्न लागेको हो । यसले तराई मधेशलाई आर्थिक विकासको केन्द्रका रुपमा स्थापित गर्ने अपेक्षा सरकारले गरेको छ ।

four-lane_highway
सरकारले यसका लागि दुई अर्ब रकम विनियोजन गरेको छ । तराई मधेशका १७ जिल्लाका सदरमुकामसम्म चार लेनको सडक विस्तार गरेर सरकारले मेधशलाई विकासका केन्द्रमा राख्न चाहेको रौतहटका सांसद भट्टराईले बताए ।

हाल पथलैया–बिरगञ्ज सडक, बुटवल–भैरहवा सडक, इटहरी–बिराटनगर सडक चार लेनका रुपमा विस्तार भैसकेका छन् । बाँकी रहेका १५ वटा सडकका लागि विनियोजीत २ अबरु रुपैंयाँ रकम पर्याप्त रहेका सांसद भट्टराई बताउँछन् ।
उनले द्रुतगतिमा काम अघि बढाउने हो भने आगामी आर्थिक वर्षभित्रै सो रकम खर्च गर्न सकिने र त्यसले मधेशमा विकासको नयाँ तरंग ल्याउने दावी समेत गरे ।

यस बाहेक पनि सरकारले हुलाकी लोकमार्गका लागि ४ अर्ब २० करोड रुपैंयाँ रकम विनियोजन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.