दूरसंचार पुर्वाधारमा भएको भौतिक आक्रमणप्रति एनसेल दुःखी

  २०७३ जेठ ३० गते ७:४८     विकासन्युज

काठमाडौं, ३० जेठ । एनसेलले सल्यान, दाङ्ग, कास्की, झापा, म्याग्दी, धनकुटा, मोरङ्ग, बाग्लुङ्ग र गोर्खा जिल्लामा रहेका कम्पनीको १० वटा बेस स्टेसनमा केही अज्ञात समूहले जेठ २९ गते बिहान आगो लगाई दूरसंचार पुर्वाधारमा भौतिक क्षति पु¥याएको घटनाले आफू स्तब्ध र दुःखी भएको जनाएको छ ।

यी क्षति पु¥याईएका संरचनाले ति जिल्लाका ग्रामिण क्षेत्रमा जनसमुदायलाई आधारभूत तथा आकस्मिक संचार सेवा प्रदान गरिरहेका थिए । यिनमा क्षति पुग्नाले यि जिल्लाका ग्रामिण क्षेत्रका करिब २ लाख ५० हजार ग्राहकलाई प्रत्यक्ष रुपमा र अन्य ठाउँबाट त्यहाँ रहेका आफन्तसँग सम्पर्क गर्ने थुप्रै व्यक्तिहरुलाई संचार बिहीन बनाएको छ । यसले नागरिकको संचारमा पहुँच तथा प्रयोगको आधारभूत अधिकार कुण्ठित हुन पुगेको छ ।

“जनसमुदायलाई संचार जस्तो अत्यावश्यक सेवा प्रदान गर्ने अति महत्वपूर्ण मोवाईल सेवा पूर्वाधारमा भौतिक आक्रमण गर्नु गैरकानूनी तथा गम्भिर अपराध हो । एनसेल सम्बद्ध सबैलाई यस्तो कार्य नगर्न नगराउन हार्दिक अनुरोध गर्दछ,” एनसेलका सुरक्षा निर्देशक महेन्द्र भट्टचनले भने ।

साथै, अत्यावश्यक सेवा ऐनले समेत नागरिकको अत्यावश्यक सेवाको रुपमा लिएको संचार सेवाको निर्वाध संचालनका लागि सहयोग गर्न सम्बन्धित सबै निकायमा एनसेलले अनुरोध गरेको छ । “हामी क्षतिको विवरण प्राप्त गर्ने क्रममा रहेका छौं, त्यसैले के कति क्षति भयो भन्ने यकिन भईसकेको छैन,” भट्टचनले भने ।

यस अप्रत्यासित घटनाबाट सेवा अवरुद्ध भई ग्राहकहरुमा पर्न गएको असुविधा प्रति एनसेलले क्षमा मागेको छ । यथासक्य छिटो नेटवर्क पुनस्र्थपना गरी सेवा सुचारु गर्न कम्पनी प्रयत्नशिल रहेको जनाउँदै, एनसेलले ग्राहकमा धैर्य तथा सहयोगका लागि धन्यवाद ज्ञापन गरेको छ ।

“साथै हामी आफ्ना १ करोड ४० लाख भन्दा बढी ग्राहकहरुलाई प्रत्यक्ष अप्रत्यक्ष प्रभाव पार्न सक्ने यस्ता दुर्घटना प्रति चनाखो रहन सबैलाई अनुरोध गर्दछौं,” एनसेलका कर्पोरेट संवाद विज्ञ मिलन शर्माले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.