नेपाल लाइफको बिक्री प्रवन्धकमा सिद्धार्थ क्यापिटल नियुक्त

  २०७३ जेठ २८ गते ७:४०     विकासन्युज

काठमाडौं, २८ जेठ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रवन्धकमा सिद्धार्थ क्यापिटल नियुक्त भएको छ । बैंकको १६औं बार्षिक साधारणसभाले बिक्री प्रवन्धकको रुपमा सिद्धार्थ क्यापिटललाई छनौट गरेको हो ।

बैंकको संस्थापक र सर्वसाधारण समुहको शेयर स्वामित्व ७० बराबर ३० प्रतिशत कायम गर्न ३० लाख ९६ हजार ४ सय २९ कित्ता शेयरहरु थप साधारण शेयर निश्कासन मार्फत प्रिमियममा जारी गर्नका लागि बैंकले उक्त कम्पनीलाई छनौट गरेको विज्ञप्तिमा उल्लेख छ ।

उक्त थप साधारण शेयर निश्काशन गर्ने कार्यका लागि भएको सम्झौता पत्रमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत विवेक झा तथा सिद्धार्थ क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत धुर्व तिमिल्सिनाले हस्ताक्षर गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.