मापदण्ड विपरितका घर असोज भित्र भत्काइ सक्नु पर्ने

  २०७३ जेठ २१ गते ४:३९     विकासन्युज

८ जेठ । नक्सा पास नगरी बनाएका तथा स्वीकृत नक्सा र मापदण्डभन्दा बढी तल्ला बनाएका घरधनीले बढी बनाएको तल्ला आफैले भत्काउनु पर्ने भएको छ । सरकारले तयार पार्दै गरेको पुननिर्माण सम्बन्धि कार्य योजनामा घरधनी आफैले आगामी असोज मसान्तभित्रमा त्यस्ता घर भत्काउनु पर्ने ब्यवस्था गर्न लागिएको हो ।

mapdanda_biparit_gharप्रधानमन्त्री कार्यालयले तयार पारेको सो कार्ययोजनालाई मन्त्रिपरिषले आर्थिक तथा पूर्वाधार विकास समितिमा पठाउने निर्णय गरेको छ । सो समितिले पारित गरेपछि कार्ययोजना कार्यान्वयन हुने छ । कार्ययोजनामा आगामी असोज मसान्तभित्रमा मापदण्ड वाहिरका संरचना भत्काउन सम्बन्धित घर धनीलाई आग्रह गरिने उल्लेख गरिएको छ ।  समय भित्रमा घरधनी आफैले संरचना नभत्काएमा सम्बन्धित महानगरपालिका/नगरपालिका वा गाविसले भत्काउने र त्यसको खर्च सम्बन्धित घरधनीवाट असुल गरिने प्रधानमन्त्री कार्यालयका सचिव शान्तराज सुवेदीले जानकारी दिए ।

‘नक्सापास नगरी बनाएका तथा स्वीकृत नक्सा र मापदण्डभन्दा बढी तल्ला बनाएका घरको बढी बनाइका तल्ला घरधनी आफैले भत्काउन आग्रह गरिन्छ,’ सचिव सुवेदीले भने– आगामी असोजमसान्त भित्रमा घरधनीले नभत्काए सम्बन्धित स्थानीय निकायले भत्काउने र त्यसको खर्च घरधनीवाट असुल गर्ने कार्ययोजना बनाउदै छौं । यस्तो कार्ययोजना केहि दिन भित्रै सार्वजनिक गर्ने तयार भएको सचिव सुवेदीले जानकारी दिए ।

यस्तै ५ बर्षयता बनेका सरकारी र अन्य सार्वजनिक भवन भत्किनुको कारण खोजी गरिने भएको छ । यस्तो कारण खोजी गर्न अधिकार सम्पन्न आयोग बनाउने र कुनै सरकारी अधिकारीको कमजोरीको कारण यस्तो भएको पाइए कारवाही गर्ने सरकारको तयारी छ ।

सरकारले तयार पारेको कार्ययोजनामा स्वीकृत नक्सा, मापदण्ड, गुणस्तर र प्रक्रिया जस्ता कुरा पूरा गरेर ५ बर्षभित्र बनेका सरकारी भवन, ब्यापारिक मल, सिनेमा हल, अपार्टमेन्ट जस्ता सार्वजनिक भवन भत्किएको भएमा कसको कमजोरीवाट भएको हो सोको छानविन गरी प्रतिवेदन पेश गर्न अधिकारसम्पन्न उच्चस्तरीय आयोग गठन गर्ने भनिएको छ । यस्तो आयोगले गरेको सिफारिसको आधारमा कुनै सरकारी कर्मचारी वा निर्माणकर्ताको कुनै कमजोरी पाइएमा हदैसम्मको कारवाही गरिने सचिव सुवेदीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.