पोखरामा चैत २८ गतेदेखि ५ दिने फेवा महोत्सव, हेर्न जाने पर्यटकलाई आवसमा बीस प्रतिशत छुट

  २०७३ जेठ २१ गते ४:२५     विकासन्युज

pokhara_fewa_mahotsab-150x150काठमाडौं, २२ चैत । पर्यटकीय नगरी पोखरामा आयोजना हुने फेवा महोत्सव हेर्न जाने पर्यटकलाई आवासमा २० प्रतिशत छुट दिइनेछ । आन्तरिक र वाह्य पर्यटन प्रवद्र्धन गर्ने उद्येश्यले फेवाताल किनारमा चैत २८ देखि वैशाख दुई गतेसम्म महोत्सव गर्न लागिएको हो ।

“आवासका अतिरिक्त अन्य सेवामा पनि छुट दिने बारेमा छलफल भइरहेको छ,” पश्चिमाञ्चल होटल संघ पोखराका अध्यक्ष भरतराज पराजुलीले सोमबार आयोजित पत्रकार सम्मेलनमा भने ।

नेपालमा मुख्य शहरहरुमा अग्रेजी नयाँ वर्ष धुमधामका साथ मनाउने गरिएकोमा नेपाली नयाँ वर्ष पनि उत्तिकै महत्वका साथ प्रचार गरी आन्तरिक पर्यटकलाई प्राथमिकता दिएर महोत्सव गर्न लागिएको उनको भनाइ छ । पर्यटन, संस्कृति र खाना फेवा महोत्सवका मूख्य आकर्षण हुन् ।

भूकम्प र नाकावन्दीले असर गरेको पर्यटनलाई उकास्न महोत्सवबाट सहयोग पुग्ने महोत्सवका संयोजक विकल तुलाचन बताउछन् । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.