२९ बैंकसँग अनुदान वितरण सम्झौता

  २०७३ जेठ २० गते ८:५१     विकासन्युज

NRA-150x150काठमाडौं, १८ जेठ । राष्ट्रिय पुननिर्माण प्राधिकरणले भूकम्प पीडितको नगद अनुदान वितरणका लागि २९ वटा बैंक तथा वित्तिय संस्थाहरुसँग सम्झौता गरेको छ । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशिल ज्ञवालीको उपस्थितीमा २९ वटा बैंक तथा वित्तिय संस्थाका प्रमुख कार्यकारी अधिकृतहरुसँग छुट्टा छुट्टै अनुदान वितरण सम्झौता गरेका हुन्
सम्झौता पत्रमा प्राधिकरणका तर्फबाट उप सचिव डा. भिष्मकुमार भुषालले हस्ताक्षर गरेका थिए । गत शुक्रबार मात्रै प्राधिकरणले नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एसोसियसन, नेपाल फाइनान्सीयसल इन्स्टिच्युसन्सबिच सम्झौता भएको थियो ।

क, ख र ग वर्गका अन्य बैंकहरुसँग अनुदान वितरण सम्झौतालाई जारी राखिने प्राधिकरणका प्रवक्ता रामप्रसाद थपलियाले बताए । सम्झौता अनुसार सम्बन्धीत जिल्लामा शाखा रहेका बैंक तथा वित्तिय संस्थालाई भूगोल विभाजन गरि निजी आवास निर्माणका लागि दिईने अनुदान वितरण गरिनेछ ।

प्राधिकरणले हिमालयन बैंक, कुमारी बैंक, लुम्बीनी बैंक, प्रभु बैंक, ग्लोबल आइएमई बैंक, रिलायबल डेभलपमेन्ट बैंक, इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंक, इन्टरनेशनल डेभलपमेन्ट बैंक, देवः विकास बैंक, प्राइम कमर्सियल बैंक, सुप्रिम डेभलपमेन्ट बैंक, सगरमाथा फाइनान्स लिमिटेडसँग सम्झौता गरेको हो ।

त्यस्तै, सानिमा बैंक, लक्ष्मी बैंक, एनसीसी बैंक, नेपाल एसबिआई बैंक, टुरज्मि डेभलपमेन्ट बैंक, जनता बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, एनएमबी बैंक, त्रिवेणी विकास बैंक, नविल बैंक, यति डेभलपमेन्ट बैंक, सिभिल बैंक, सनराईज बैंक, एनआइसी एसिया बैंक, मेगा बैंक, सिटिजन्स बैंक, कृषि विकास बैंक रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.