जेठ १५ मा बजेट आएपछि मौद्रिक नीति चाढै आउनु पर्छ कि पर्दैन ? कहिले आउछ मौद्रिक नीति ?

  २०७३ जेठ २० गते ८:४६     विकासन्युज

NRB_img-150x150काठमाडौं, १७ जेठ । सरकारले संबैधानिक ब्यवस्था अनुसार आगामी आर्थिक बर्षको लागि बजेट ल्याइसकेको छ । सामान्यतः बजेट आएको एक साताभित्रमा मौद्रिक नीति आउने गरेको छ । नेपाल सरकारले ल्याउने बजेट (वित्त नीति) र नेपाल राष्ट्र बैंकले ल्याउने मौद्रिक नीतिको संयोजनवाट नै आर्थिक बृद्धिको लागि आवश्यक नगदको ब्यवस्थापन र मूल्य बृद्धि नियन्त्रणको उपाय अबलम्बन गर्ने गरिन्छ । यसकारण सरकारले चाढै बजेट ल्याएको कारण त्यसलाई सघाउन मौद्रिक नीति पनि चाढै आउछ कि आउदैन भन्ने चासो बढेको छ ।

सरकारको बजेट कार्यान्वयन प्रभावकारी बनाउनको लागि आर्थिक बर्ष सुरु हुनुभन्दा डेढ महिना पहिला नै बजेट ल्याइएको हो । तर मौद्रिक नीति कार्यान्वयनमा समस्या नभएको र सरकारले जस्तो गरेर कसैलाई पनि बजेट दिइरहनु नपर्ने भएकोले मौद्रिक नीति चाढै ल्याउनु पर्ने आवश्यकता नरहेको राष्ट्र बैंकका अधिकारीको भनाइ छ ।

‘आफ्नै समयमा आउछ, छिटो ल्याउनु पर्ने आवश्यकता केही छैन,’ मौद्रिक नीति कहिले आउछ भन्ने प्रश्नमा राष्ट्र बैंकका प्रवक्ता त्रिलोचन पंगेनीले भने । राष्ट्र बैंकले साउन पहिलो साता भित्रमा मौद्रिक नीति ल्याउने गरेको छ । उनको भन(ाइलाई आधार मान्दा आगामी आर्थिक बर्षको मौद्रिक नीति पनि साउन पहिलो साता नै आउने छ ।

सरकारले स्थानीय तहसम्ममा जाने बजेट समयमै कार्यान्वयन होस भन्ने उद्देश्यले आर्थिक बर्ष सुरु हुुनु पहिला नै बजेट ल्याएको हो । तर राष्ट्र बैंकलले कसैलाई पनि बजेट निकासा दिनु नपर्ने र मौद्रिक नीति कार्यान्वयनमा समस्या नरहेकोले पुरानै समयमा बजेट ल्याउने तयारी राष्ट्र बैंकले गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.