जनता बैंकमा कुमार लम्साल, ग्लोवल आईएमईमा अनिल ज्ञवाली

  २०७३ जेठ २० गते ११:०९     विकासन्युज

७ जेठ । जनता बैंक नेपालको प्रमुख कार्यकारी अधिकृतमा कुमार लम्साल नियुक्त भएका छन् । जेठ ६ गते बसेको बैंक सञ्चालक समितिको बैठकले प्रमुख कार्यकारी अधिकृतमा लम्साललाई चार वर्षको लागि नियुक्त गरेको हो । लम्सालले विहीबारदेखि नै जनता बैंकमा जिम्मेवारी समालेका छन् ।

kumar_lamsal-150x150लम्साल यसअघि किष्ट र मर्जपछिको प्रभु बैंकमा छोटो अवधि कार्यकारी प्रमुख भएका थिए । उनले सानिमा बैंकमा साढे ६ वर्ष प्रमुख कार्यकारी अधिकृतको जिम्मेवार समालेका थिए । जनता बैंकमा डा रमेश कुमार भट्टराईले राजीनामा दिएपछि प्रमुख कार्यकारी अधिकृत पद खाली थियो ।त्यसैगरी ग्लोवल आईएमई बैंकमा प्रमुख कार्यकारी अधिकृतमा अनिल ज्ञवाली नियुक्त भएका छन् । ज्ञवाली नविल बैंकमा चार वर्षे कार्यकाल सकिए लगत्तै ग्लोवल आईएमईमा फर्केका हुन् । चार वर्षअघि उनी सोही बैंकमा एक कार्यकाल कार्यकारी प्रमुख भएर काम गरेका थिए ।

जेठको पहिलो सातामा तीन वाणिज्य बैंकमा प्रमुख कार्यकारी अधिकृत फेरिएका छन् । जेठ १ गते सनराईज बैंकको प्रमुख कार्यकारी अधिकृतमा रत्नराज बज्राचार्य नियुक्त भएका थिए । ग्लोवल आईएमई बैंकमा प्रमुख कार्यकारी अधिकृतको चार वर्षे कार्यकाल बैशाख ३१ गते सकिए लगत्तै बज्राचार्यले नयाँ बैंकमा जिम्मेवारी समालेका हुन् ।

ग्लोवल आईएमई बैंकमा कार्यकारी प्रमुख हुनुपूर्व उनी एनसीसी बैंकमा चार वर्ष कार्यकारी प्रमुख थिए । त्यसअघि उनले नेपाल बैंकमा वित्तीय विदेशी व्यवस्थापन टोलीमा रहेर काम गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.