‘एनसेल, लास्टै ठूलो अफर’ योजना सार्वजनिक, एक हजारको रिचार्ज गर्दा एक हजार नै बोनस

  २०७३ जेठ २० गते १०:३९     विकासन्युज

ncell1-150x150काठमाण्डौं, ९ जेठ । मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले आफ्ना ग्राहकलाई रिचार्जमा आकर्षक बोनस पाइने ‘एनसेल, लास्टै ठूलो अफर’ योजना ल्याएको छ । यो योजना अन्र्तगत ग्राहकले रु २०० भन्दा माथिको रिचार्ज गर्दा प्रत्येक रिचार्जको रकम अनुसार रु १०० देखि रु १,००० सम्मको बोनस पाउन सक्छन् ।

एनसेलका अनुसार यो योजना एनसेलका प्रिपेड ग्राहकका लागि मात्र मान्य हुनेछ र जेठ १० गतेदेखि लागु भई आगामी भाद्र ४सम्म संचालनमा रहने छ । बोनस प्राप्त गर्नका लागि ग्राहकले कम्तिमा रु २०० वा सो भन्दा बढी मूल्यको ब्यालेन्स रिचार्ज गर्न पर्ने हुन्छ ।

यो योजना अन्र्तगत, ग्राहकले रु २०० को रिचार्ज गर्दा ५ दिनको लागि मान्यहुने रु १०० बोनस ब्यालेन्स प्राप्त गर्नेछन् । रु ३०० रिचार्ज गर्दा ७ दिन समयसिमा भएको रु २०० बोनस पाउनेछन् । त्यसैगरी, रु ५०० र रु १,००० को रिचार्ज गर्ने ग्राहकले क्रमशः रु ४०० र रु १,००० बोनस प्राप्त गर्नेछन् । रु ५०० रिचार्ज गरे बापत पाइने बोनस उपयोग गर्नका लागि १० दिनको समयसिमा हुनेछ भने रु १,००० रिचार्ज बापतको रु १,००० नै बोनस उपयोगका लागि भने १४ दिनको समयसिमा हुनेछ ।

“ग्राहकलाई सेवा प्रयोगको राम्रो अनुभव दिएर खुसी राख्नु सदा हाम्रो मुल उदेश्य रहि आएको छ ।” एनसेलका कर्पोरेट संवाद विज्ञ मिलन शर्माले भने । “रिर्चाजमा पाईने यो बोनस योजनाले हाम्रा ग्राहकलाई अझ सस्तोमा सेवाको प्रगोग गर्नका लागि एउटा राम्रो अवसर हुनेछ ।”

यो योजना अन्र्तगत प्राप्त बोनसबाट ग्राहकले एनसेल नेटवर्क भित्र कल गर्न, एसएमएस र डेटा सेवा प्रयोग गर्न सक्नेछन् । रिचार्ज कार्ड, भरचुअल फन्ड ट्रान्सफर (भिएफटी) र इ–टप अप मार्फत गरिएका ब्यालेन्स रिचार्जमा यो योजना लागु हुने कम्पनीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.