हिमालय एयरलाइन्सको असार १ गतेदेखि काठमाडौं–दोहा नियमित उडान

  २०७३ जेठ २० गते १०:३७     विकासन्युज

H9-aircraft-all-set-to-boar-150x150काठमाडौं, २० जेठ । हिमालय एयरलाइन्सले असार १ गतेदेखि काठमाडौं–दोहा नियमित उडान भर्ने भएको छ । नेपाल–चीनको संयुक्त लगानीमा सञ्चालित हिमालय एअरलाइन्सले मंगलबार काठमाडौंबाट दोहा पहिलो उडान गरेको हो ।

हिमालय एयरलाइन्सको विमान त्रिभुवनअन्र्तराष्ट्रिय विमानस्थलबाट राति ११ बजे उडेर कतारको स्थानीय समय अनुसार ०१:३० बजे हामद अन्र्तराष्ट्रिय विमानस्थल, दोहामा अवतरण गरेको थियो । एयरलाइन्सले कतारमा बस्ने र रोजगारीकालागि कतार पुगेका लाख नेपालीहरुलाई सहज रुपमा सेवा दिने लक्ष्य राखेको छ ।

कम्पनीका अनुसार एअरलाइन्स्ले आगामी पाँचवर्ष भित्र पन्ध्रवटा एअरबस जहाज ल्याएर काठमाडौँबाट एसियाका विभिन्न गन्तब्य तथा अन्य मुलुकका विभिन्न शहरहरुमा उडान सञ्चालन गर्ने तयारी गरिरहेको छ । एअरलाइन्सले केही समयपछि लामो दुरी उडान भर्ने जहाज ल्याएर जापान, कोरिया, युरोप, अष्ट्रेलिया र अमेरिकाको लागि उडान भर्ने योजना बनाएको कम्पनीको विज्ञेप्तिले जनाएको छ ।

एयरलाइन्सका भाइस प्रेसिडेन्ट विजय श्रेष्ठले उक्त उडान सँगै कार्यतालिका बमोजिमको अन्र्तराष्ट्रिय उडान शुरु भएको बताएका छन् । साथै ग्राहकहरुलाई आगामीदिनमा अझ बढी प्रभावकारी सेवादिने प्रतिबद्धता पनि जनाएका छन् ।

कम्पनीले ८ बिजनेस क्लास तथा १५० इकोनोमी क्लास क्षमताको एअर बस ३२०–२१४ विमानले पुरै सिट भरेर सफलतापूर्वक उडान गरेको कम्पनीले जनाएको छ । एअरलाइन्स्ले पहिलो दुई साता, ३ दिन उडान गर्ने छ भने असार १ गते देखि दैनिक उडान गर्ने विज्ञेप्तिमा जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.