स्वाप रेसियो निर्धाणमा नयाँ समस्या, ६ वटा बैंकको मर्जर कमिटीले निर्णय लिन सकेन

  २०७३ जेठ १ गते ११:४६     विकासन्युज

काठमाडौं, १ जेठ । एनसीसी बैंक, कुमारी बैंक, इन्फ्राष्ट्रक्चर डेभलपमेन्ट बैंक, इन्टरनेशनल डेभलपमेन्ट बैंक, सुप्रिम डेभलपमेन्ट बैंक र एपेक्स डेभलपमेन्ट बैंकबीच मर्जरको क्रममा स्वाप रेसियो निर्धारणमा नयाँ समस्या आएको छ । एनसीसी बैंकको सेयर मूल्य प्रति कित्ता १०० रुपैयाँ मानेर स्वाप रेसियो निर्धारण गर्दा मर्जपछि बैंकको चुक्ता पुँजी ७ अर्ब ६ करोड रुपैयाँ मात्र हुने भएको छ ।

६ वटा कम्पनीहरुको चुक्ता पुँजी जोड्दा ८ अर्ब २९ करोड रुपैयाँ हुन्छ । ‘६ वटा संस्था मर्ज गरेर राष्ट्र बैंकले तोकेको न्यूनतम पुँजी ८ अर्ब पुग्छ भनेर मर्ज गर्न लागिएको हो, एनसीसी बैंकको सेयरको मूल्य प्रतिकित्ता १०० मानेर अरु संस्थाको स्वाप रेसियो घटाउँदा चुक्ता पँुजी कम हुने भयो । यसले लगानीकर्तामा राम्रो सन्देश जाँदैन भन्ने भनाई धेरैको रह्यो’ संयुक्त मर्जर कमिटीमा सदस्यले विकासन्युजलाई भने । चुक्ता पुँजी कम हुने अवस्था आएपछि स्वाप रेसियो फाइनल गर्न शुक्रबार बसेको संयुक्त मर्जर कमिटिको बैठक निष्कर्षमा पुग्न सकेन ।

राष्ट्र बैंकले मर्जरको क्रममा रहेका बैंक तथा वित्तीय संस्थाहरुलाई अधिकतम मूल्य हुने संस्थाको सेयर मूल्य प्रतिकित्ता १०० कायम गरि सोही अनुपातमा स्वाप रेसियो निर्धारण गर्न निर्देशन दिएको छ । मर्जर प्रक्रियामा रहेका यी ६ वटा संस्थाहरुले मर्जरबारे सैद्धान्तक सहमति पत्रमा हस्ताक्षर गर्दा पनि एनसीसी बैंकको सेयर मूल्य प्रतिकित्ता १०० मानेर स्वाप रेसियो निर्धारण गर्ने सहमति गरेका छन् ।

यो समस्याको समाधान तथा विकल्प खोजी गर्ने, राष्ट्र बैंकसँग पनि परामर्श गर्ने गर्ने र अर्को साता बैठक बस्ने गरि शुक्रबार बैठक टुङ्गीएको छ ।

डीडीए रिपोर्टले एनसीसी बैंकको प्रतिसेयर नेटवर्थ १६० रुपैयाँ, कुमारीको १५९ रुपैयाँ, इन्फ्रास्ष्ट्रक्चरको १२२ रुपैयाँ, सुप्रिमको ११९ रुपैयाँ, इन्टरनेशनल डेभलपमेन्ट बैंकको ११४ रुपैयाँ देखाएको छ भने एपेक्सको नेटवर्थ १०० भन्दा कम देखाएको छ ।

एनसीसी र कुमारीसहित ६ बैंकको डीडीए रिपोर्ट तयार, स्वाप रेसियो एनसीसीको १००, कुमारीको ९८ रुपैयाँ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.