क्लियिरङ बैंक नथपेकोमा धितोपत्र बोर्डको आपत्ति, सतही तर्क नगर्न नेप्सेलाई चेतावनी

  २०७३ वैशाख १३ गते १५:१९     विकासन्युज

काठमाडौं, १३ बैशाख । बैशाख १ गते भित्र क्लियरिङ बैंक नथपेकोमा नेपाल धितोपत्र बोर्डले कडा आपक्ति जनाएको छ । बोर्डले माघ १० गते पत्र लेख्दै बैशाख १ गतेभित्र क्यिरिङ बैंकको संख्या कम्तिमा पनि तीन वटा पुर्याउन नेपाल स्टक एक्सचेञ्ज र सिडिएस एण्ड क्लियरिङलाई निर्देशन दिएको थियो । यथेष्ठ समय उपलब्ध गराउँदा समेत आफ्नो निर्देशन बमोजिम काम नभएको भन्दै बोर्डले आपक्ति जनाएको हो । समयमै जानकारी नगराई चैत ३० पत्र पठाउँदै अहिलेकै क्लियरिङ बैंकले काम गरिरहेको जवाफ नेप्से र सिडिएसले पठाएका थिए । हालकै भेण्डर कम्पनीसँग एएमसी एग्रीमेन्ट नभएको तर्कसहित पत्र पठाएको थियो ।

‘सतही समस्या÷तर्क  देखाइ  पत्राचार  गरिएकोमा  बोर्डको  गंभीर  ध्यानाकर्षण  भएको  व्यहोरा  सहित    छिमेकी मुलुकका स्टक एक्स्चेन्जहरुले ठुलो संख्यामा क्लियरिङ बैंक सञ्चालन गरिरहेको उदाहरण समेत प्रस्तुत गरेको छ । बोर्डले भारतमा २०, बंगलादेशमा ७, पाकिस्तानमा ३२ वटा र श्रीलंकामा १६ वटा क्लियरिङ बैंक हुन सक्छन भने नेपाल किन नहुने भन्दै प्रश्न समेत गरेको छ ।

हाल ग्लोबल आइएमई बैंकले मात्रै क्लियरिङ बैंकको काम गर्दै आइरहेको छ । एउटा मात्रै क्लियरिङ बैंक हुँदा कारोबार भएको तेश्रो दिन भुक्तानी हुने व्यवस्था समेत कार्यान्वयन नभएको बोर्डले निष्कर्ष निकालेको छ ।  लगानी कर्ता तथा दलाल व्यवसायीले समेत तत्काल थप क्लियरिङ बैंकको आवश्यकता महशुस गरिसकेकाले बोर्डले नेप्सेलाई सचेत गराईएको जनाएको छ ।
क्लियरिङ बैंक आवश्यक मात्रै नभएर अत्यावश्यक भैसकेको बोर्डको निकर्ष छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.