कनकमणी दीक्षित पक्राउ, आइतबारसम्म हिरासतमै रहने

  २०७३ वैशाख १० गते १६:१९     विकासन्युज

काठमाडौं, १० बैशाख । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साझा यातायातका  अध्यक्ष कनकमणि दीक्षितलाई पक्राउ गरेको छ । साझा यातायातमा भ्रष्टाचार गरेको आरोपमा आयोगको टोलीले दीक्षितलाई पक्राउ गरेको हो । बरिष्ठ पत्रकार समेत रहेका दीक्षित आइतबारसम्म आयोगकै हिरासतमा रहनेछन् । दीक्षितलाई शुक्रबार कार्यालय समय सकिएपछि पक्राउ गरिएको हो । शनिबार र आइतबार कार्यालय खुल्दैनन् । आइतबार भूकम्प स्मृति दिवसका लागि सरकारले सार्वजनिक विदा दिएको छ । अब दीक्षित सोमबार मात्रै रिहा हुन सक्नेछन् ।

Bikashnews.comदिक्षितले साझा यातायातको अध्यक्षका हैसियतले सार्वजनिक पदको दुरुपयोग गरी गैरकानूनी सम्पत्ति आर्जन गरेको, संस्थाको आर्थिक हिनामिना गरी स्वदेशी तथा बिदेशी बिभिन्न बैंकमा आफू र आफ्नो परिवारको नाममा रकम जम्मा गरेको, संस्थाको सम्पत्तिलाई पैतृक सम्पत्ति सरह बेचबिखन गरेको र त्यसरी बेचबिखनबाट प्राप्त रकम निजी सम्पत्ति सरह अन्यत्र संस्थामा लगानी गरेको लगायतका एक दर्जन आरोप लगाइएको छ ।
आयोगले जारी गरेको विज्ञप्ति अनुसार दीक्षितले अमेरिकामा समेत आफ्नो नाममा घरजग्गा खरिद गरेका छन् । त्यस्तै,  स्वर्गीय मदन शम्सेर राणा र  श्रीमती जगदम्बा राणाका नाममा रहेका चल अचल सम्पत्ति गैरकानूनी रुपमा आफ्नो नाममा नामसारी गरेको आरोप समेत दीक्षित माथी लागेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.