जीबन बीमा ब्यवसायः प्रिमियमका आधारमा नेपाल लाइफ र बीमालेखका आधारमा अमेरिकन लाइफ अग्रस्थानमा

  २०७३ वैशाख ९ गते १२:०५     विकासन्युज

काठमाडौं, ९ बैशाख । जीबन बीमा ब्यवसाय गर्ने कम्पनीमध्ये बीमा शुल्क (प्रिमियम) आर्जन र बीमालेख जारी गरेको संख्याको आधारमा दुई भिन्न कम्पनी अग्रस्थानमा देखिएका छन् । बीमा समितिले दिएको गत पुस मसान्तसम्मको तथ्यांकले यस्तो देखाएको हो । प्रिमियम संकलनका हिसावले नेपाल लाइफ इन्स्योरेन्स कम्पनी र बीमालेख जारी गरेको संख्याको आधारमा अमेरिकन लाइफ इन्स्योरेन्स कम्पनी अग्रस्थानमा रहेका पाइएको छ ।

समितिले दिएको तथ्यांक अनुसार गत पुस मसान्तसम्ममा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ४ अर्ब १२ करोड ७१ लाख ४८ हजार रुपैयाँ प्रिमियम आर्जन गरेको छ । यो रकम अन्य जीबन बीमा कम्पनीहरुले आर्जन गरेको प्रिमियमको आधारमा सवैभन्दा बढी हो । सवै जीबन बीमा कम्पनीहरुले गत पुस मसान्तमा १३ अर्ब ११ करोड ५२ लाख ४३ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।

बीमालेख जारी गरेको संख्याको आधारमा अमेरिकन लाइफ इन्स्योरेन्स कम्पनी सवैभन्दा अग्रस्थानमा रहेको छ । सो कम्पनीले गत पुस मसान्तसम्ममा २ लाख २३ हजार ३ सय ६१ बीमालेख जारी गरेको छ । यो संख्या अन्य जीबन बीमा कम्पनीहरुको भन्दा बढी हो । सवै जीबन बीमा कम्पनीहरुले ६ लाख ५६ हजार १ सय ४९ ओटा बीमालेख जारी गरेका छन् । सवैभन्दा बढी बीमालेख जारी गर्ने कम्पनीले अमेरिकन लाइफ इन्स्योरेन्स कम्पनीको नेपालमा शाखा मात्रै हो ।

राष्ट्रिय बीमा संस्थानले ३ हजार ७ सय ४४ बीमालेख जारी गरेको छ । उसको यस्तो विवरण अनुमानित मात्रै हो । संस्थानले १ अर्ब २४ करोड १ लाख ८१ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।

नेसनल लाइफ इन्स्योरेन्स कम्पनीले १ लाख ४ हजार ८ सय ४१ ओटा बीमालेख जारी गरेको छ । सो कम्पनीले गत पुस मसान्तसम्ममा १ अर्ब ४९ करोड ४० लाख १४ हजार रुपैयाँ प्रिमियम आर्जन गरेको छ ।

लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपालले ५९ हजार ४ सय १८ बीमालेख जारी गरेको छ । सो अवधिमा कम्पनीले २ अर्ब ९५ करोड ४० लाख ६४ हजार रुपैयाँ प्रिमियम संकलन गरेको छ ।

एशियन लाइफ इन्स्योरेन्स कम्पनीले १२ हजार ७ ३२ बीमालेख जारी गरेको छ । सो कम्पनीले ९३ करोड २३ लाख ६५ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।

सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले ४६ हजार ७ सय ८१ बीमालेख जारी गरेको छ । सो कम्पनीले ३७ करोड ९३ लाख ५४ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।

गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले ११ हजार ४ सय ५९ बीमालेख जारी गरेको छ । सो कम्पनीले ३४ करोड ५ लाख ९ हजार रुपैयाँ प्रिमियम आर्जन गरेको छ ।

प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले ७७ हजार ४ सय १ बीमालेख जारी गरेको छ । सो कम्पनीले गत पुस मसान्तसम्ममा ७१ करोड ५ लाख १७ हजार रुपैयाँ प्रिमियम संकलन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.