निर्जीबन बीमा ब्यवसायः बीमा शुल्क र बीमा लेखको आधारमा शिखर पहिलो, एनएलजी दोस्रो

  २०७३ वैशाख ८ गते १२:२०     विकासन्युज

काठमाडौं, ८ बैशाख । चालु आर्थिक बर्षको पहिलो छ महिनामा बीमा कम्पनीहरुले गरेको ब्यवसायको तथ्यांक प्राप्त भएको छ । ढिला गरी प्राप्त तथ्यांक अनुसार जारी गरेको बीमालेखको संख्या र प्राप्त गरेको बीमा शुल्कका आधारमा निर्जीबन बीमा कम्पनीतर्फ शिखर इन्स्योरेन्स कम्पनी पहिलो स्थानमा र एनएजी इन्स्योरेन्स कम्पनी दोस्रो स्थानमा रहन सफल भएका छन् ।

बीमा समितिले दिएको तथ्यांकले यस्तो देखाएको हो । गत पुस मसान्तसम्ममा शिखर इन्स्योरेन्स कम्पनीले ७५ करोड ४१ लाख ६१ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । यस्तो शुल्क सवै बीमा कम्पनीले आर्जन गरेको बीमा शुल्कको ११ दशमलब ६९ प्रतिशत हो । सो अवधिमा सवै कम्पनीहरुले गरी ६ अर्ब ४४ करोड ९६ लाख ३२ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।

यस्तै बीमा लेख जारी गरेको संख्याको आधारमा पनि शिखर नै पहिलो स्थानमा छ । सो कम्पनीले ९० हजार ३ सय ८१ बीमालेख जारी गरिसकेको छ । अहिले सवै निर्जीबन बीमा कम्पनीहरुले गरी ५ लाख ७० हजार ६ सय ४६ बीमालेख जारी गरेका छन् ।

बीमालेख र बीमा शुल्क आर्जनको हिसावले एनएलजी इन्स्योरेन्स कम्पनी दोस्रो स्थानमा छ । सो कम्पनीले गत पुस मसान्तसम्ममा ५२ करोड ७९ लाख २८ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । यो रकम कूल बीमा शुल्क आर्जनको ८ दशमलब १९ प्रतिशत हो । एनएलजीले ७५ हजार १ सय ८९ बीमालेख जारी गरेको छ । सो संख्या कूल बीमा लेखको १३ दशमलब १८ प्रतिशत हो ।

सगरमाथा इन्स्योरेन्स कम्पनीले ३६ हजार ५ सय ८७ बीमा लेख जारी गरेको छ । यो संख्या कुल जारी बीमालेखको ६ दशमलब ४१ प्रतिशत हो । यस्तै सो कम्पनीले ४७ करोड ३७ लाख ४५ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । सो रकम कुल बीमा शुल्क आर्जनको ७ दशमलब ३५ प्रतिशत हो ।

लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले ५४ हजार २ सय ४२ बीमा लेख जारी गरेको छ । यस्तो संख्या कुल बीमा लेखको ९ दशमलब ५१ प्रतिशत हो । सो कम्पनीले २८ करोड ६ लाख २६ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । नेपाली बीमा बजारमा लुम्बिनीले आर्जन गरेको बीमा शुल्क कुल शुल्कको ४ दशमलब ३५ प्रतिशत हो ।

सिद्धार्थ इन्स्योरेन्स कम्पनीले ४३ हजार ३ सय ४९ बीमालेख जारी गरेको छ । यो संख्या कुल बीमालेखको ७ दशमलब ६० प्रतिशत हो । यस्तै सो कम्पनीले ४९ करोड ५५ लाख ६० हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । यस्तो रकम कुल बीमा शुल्क आर्जनको ७ दशमलब ६८ प्रतिशत हो ।

नेपाल इन्स्योरेन्स कम्पनीले २६ हजार ७ सय १८ बीमालेख जारी गरेको छ । यो संख्या कुल बीमालेखको ४ दशलमब ६८ प्रतिशत हो । यस्तै सो कम्पनीले ३० करोड ९५ लाख ६० हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । यस्तो रकम कुल बीमा शुल्क आर्जनको ४ दशमलब ८० प्रतिशत हो ।

दि ओरेन्टल इन्स्योरेन्स कम्पनीले १० हजार २ ओटा बीमालेख मात्रै जारी गरेको छ । यो संख्या कुल बीमालेखको १ दशमलब ७५ प्रतिशत मात्रै हो । यस्तै सो कम्पनीले ३२ करोड ७३ लाख ९० हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । सो रकम कुल बीमा शुल्क आर्जनको ५ प्रतिशत हो ।

राष्ट्रिय बीमा संस्थानले ६ हजार ९९ ओटा बीमा लेख जारी गरेको छ । यो संख्या कुल बीमा लेखको १ प्रतिशत हो । यस्तै सो कम्पनीले ५१ करोड ५२ लाख ८३ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । सो रकम कुल बीमा शुल्क आर्जनको ७ दशमलब ९९ प्रतिशत हो । सो कम्पनीवाट अहिले राष्ट्रिय बीमा कम्पनी छुट्टिएको छ । अवदेखि निर्जीबन बीमा ब्यवसायको काम भने राष्ट्रिय बीमा कम्पनीले गर्नेछ ।

नेसनल इन्स्योरेन्स कम्पनीले १३ हजार २ सय ६७ बीमालेख जारी गरेको छ । यो संख्या कुल बीमालेखको २ दशमलब ३२ प्रतिशत हो । यस्तै सो कम्पनीले ३५ करोड ८४ लाख ५९ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । सो रकम कुल बीमाशुल्क आर्जनको ५ दशमलब ५६ प्रतिशत हो ।

हिमालयन जनरल इन्स्योरेन्स कम्पनीले १७ हजार ३ सय ६७ बीमालेख जारी गरेको छ । यो संख्या कुल बीमालेखको ३ प्रतिशत हो । यस्तै सो कम्पनीले ३९ करोड २३ लाख ७४ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । यो रकम कुल बीमा शुल्कको ६ प्रतिशत हो ।

युनाइटेड इन्स्योरेन्स कम्पनीले २९ हजार १ सय ७० बीमा लेख जारी गरेको छ । सो कम्पनीले जारी गरेको बीमालेख कुल संख्याको ५ दशमलब ११ प्रतिशत हो । यस्तै सो कम्पनीले ३७ करोड ७७ लाख २४ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । यो रकम कुल बीमा शुल्क आर्जनको ५ दशमलब ८६ प्रतिशत हो ।

प्रिमियर इन्स्योरेन्स कम्पनीले ४५ हजार १७ बीमालेख जारी गरेको छ । यो संख्या कुल बीमालेखको ७ दशमलब ८९ प्रतिशत हो । यस्तै सो कम्पनीले ३८ करोड ६२ लाख ६ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । यस्तो रकम कुल बीमा शुल्क आर्जनको ५ दशमलब ९९ प्रतिशत हो ।

एभरेष्ट इन्स्योरेन्स कम्पनीले ४ हजार ३ सय ६७ बीमा लेख जारी गरेको छ । बीमालेख संख्याको आधारमा एभरेष्टले जारी गरेको बीमालेखा अन्य प्रतिस्पर्धी कम्पनीको तुलनामा निकै कम हो । यो संख्या कुल जारी बीमालेखको एक प्रतिशतभन्दा पनि कम हो । यस्तै सो कम्पनीले ६ करोड ४५ लाख १३ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । यो रकम कुल बीमा शुल्क आर्जनको १ प्रतिशत मात्रै हो । बीमा शुल्क आर्जन र बीमालेख जारी संख्या दुबैको आधारमा एभरेष्ट इन्स्योरेन्स कम्पनी सवैभन्दा कमजोर देखिएको छ ।

नेको इन्स्योरेन्स कम्पनीले ४६ हजार २ सय १ बीमालेख जारी गरेको छ । यो संख्या कुल बीमालेख जारीको ८ दशमलब १० प्रतिशत हो । यस्तै सो कम्पनीले ३६ करोड ६६ लाख ११ हजार बीमा शुल्क आर्जन गरेको छ । यो रकम कुल बीमा शुल्क आर्जनको ५ दशमलब ६८ प्रतिशत हो ।

प्रभु इन्स्योरेन्स कम्पनीले ३० हजार २ सय २६ बीमा लेख जारी गरेको छ । यो संख्या कुल जारी बीमालेखको ५ दशमलब ३० प्रतिशत हो । यस्तै सो कम्पनीले ३३ करोड ५७ लाख ४० हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । यो रकम कुल बीमा शुल्क आर्जनको ५ दशमलब २१ प्रतिशत हो ।

एनबी इन्स्योरेन्स कम्पनीले ६ हजार ५ सय ८३ बीमालेख जारी गरेको छ । यस्तो संख्या कुल जारी बीमालेखको १ दशमलब १५ प्रतिशत हो । यस्तै सो कम्पनीले १० करोड ९ लाख ७३ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । यो रकम कुल बीमा शुल्क आर्जनको १ दशमलब ५७ प्रतिशत हो । लामो समय कारोवारै नगरी बसेको एनबी इन्स्योरेन्स कम्पनीको सेयरधनी नै परिवर्तन भएपछि गत बर्षदेखि मात्रै कारोवार सुरु भएको हो ।

प्रुडेन्सिय इन्स्योरेन्स कम्पनीले ३५ हजार ८ सय ८१ बीमालेख जारी गरेको छ । सो संख्या कुल जारी बीमालेखको ६ दशमलब २९ प्रतिशत हो । यस्तै सो कम्पनीले ३८ करोड २७ लाख ७८ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । यो रकम कुल बीमा शुल्क आर्जनको ५ दशमलब ९३ प्रतिशत हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.