क्लियरिङ बैंक थप्ने बोर्डको योजना थन्कियो, नेप्सेले देखायो टेक्निकल इस्यु

  २०७३ वैशाख ८ गते १०:३६     विकासन्युज

काठमाडौं, ८ बैशाख । बैशाख १ गते देखि क्लियरिङ बैंकको संख्या न्युनतम तीन वटा पुर्याउने नेपाल धितोपत्र बोर्डको योजना तत्कालका लागि थन्किएको छ । बोर्डले माघ १३ गते पत्र काटेर बैशाख १ गते भित्र क्लियरिङ बैंकको संख्या न्युनतम तीन वटा पुर्याउन निर्देशन दिएको थियो । तर नेपाल स्टक एक्सचेञ्जले बैशाख १ गतेको समयसिममा सकिएपछि पत्र लेखेर टेक्निकल इस्यु देखाउँदै तत्काल क्लियरिङ बैंक थप्न नसकिने जवाफ पठाएको हो । ‘नेप्सेले टेक्निलकल इस्यु देखाएर तत्काललाई क्लियरिङ बैंक थप्न नसकिने व्यहोरोको पत्र केहि दिन पहिले मात्रै पठाएको छ ।’ बोर्डका प्रवक्ता निरज गीरीले भने ।

नेप्सेले पठाएको स्पष्टीकरणमा बोर्ड सन्तुष्ठ नरहेको पनि प्रवक्ता गीरीले स्पष्ट पारे ।‘हामीले नेप्से र सिडिएसँग पटक पटक छलफल गरेर बैशाखको सिमा तोकेका थियौं, अहिले किन सम्भव छैन भनेर पत्र पठाइयो, अब बुझ्छौं ।’ गीरीले भने । उता, नेप्सेका महाप्रबन्धक सिताराम थपलियाले भने क्लियरिङ बैंक थप्ने प्रक्रियाबारे प्रतिक्रिया दिन मानेनन् । ‘यो मेरो मात्रै क्षेत्राधिकारको कुरा होइन, सिडिएसलाई पनि सोध्नुस् ।’ नेप्से महाप्रबन्धक थपलियाले विकासन्युजसँग भने ।

हाल ग्लोबल आइएमई बैंकले मात्रै क्लियरिङ बैंकको काम गर्दै आएको छ । एउटा मात्रै क्लियरिङ बैंक हुँदा सेवा प्रवाह तथा कारोबार फस्र्याेटमा समस्या देखिएकाले क्लियरिङ बैंक थप्न लागिएको थियो । तर नेप्से र सिडिएसको लापरवाहीका कारण एकातिर बोर्डको निर्देशन थन्किएको छ भने अर्काेतिर लगानी कर्ताले सरल सेवा प्राप्त गर्न सक्नेछैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.