सांसद्को बैंक लक्करमा १४ थान गोली भेटियो, ल्हारक्याल लामा प्रहरी हिरासतमा

  २०७२ फागुन ३० गते १६:००     विकासन्युज

३० फागुन, काठमाडौं । सामान्यतय बैंकले उपलब्ध गराएको लक्करमा ग्राहकले हिरा, सुन, जाँदी लगायत वहुमुल्य सामान तथा नगद नै राख्ने गरेका छन् । एकीकृत माओवादीका विवादस्पद सा‌ंसद ल्हारक्याल लामाको इनभेष्टमेन्ट बैंकमा रहेको लकरमा गोली भेटिएको छ । दरबारमार्गमा रहेको इनभेष्टमेन्ट बैंकको शाखामा उनको नाममा रहेको लकरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चेक गर्दा १४ थान थोली भेटिएको अख्तियारका प्रवक्ता कृष्णहरी पुष्करले जानकारी दिए।

bikashnews.com

ल्हारक्याल लामा

अकुत सम्पत्ति कमाएको भन्दै अख्तियारले उनको सम्पत्तिमाथि छानबिन गरिरहेको थियो । छानविनकै क्रममा आइतबार दरवारमार्गस्थित इन्भेष्टमेन्ट बैंकमा रहेको लामाको लकर खोल्दा १४ थान गोली भेटिएको अख्तियारका प्रवक्ता पुस्करले बताए । ‘बैंकमा रहेको लकर खोल्ने समयमा ल्हाक्याललाई अख्तियारले बैंकमा संगै लगेको थियो ।

गोली फेला पर्न साथ अख्तियारको टोलीले साथमै रहेका लामालाई दरबारमार्गस्थित प्रहरी कार्यालयमा जिम्मा लगाएको छ । उनी मार्थि महानगरिय अपराध अनुसन्धान महाशाखाले छानविन अगाडि बढाउने भएको छ । लामालाई हातहतियार खरखजाना ऐन २०१९ अनुसार कारबाही अगाडि बढाउने गरी प्रहरीको जिम्मा लगाइएको अख्तियारका प्रवक्ता पुस्करले बताए ।

उनको नियुक्तीलाई लिएर त्यत्तिवेला पनि एमालेभित्र चर्को विरोध भएको थियो । पछि लामाले २ वटा नागरिकता फरक फरक नाममा लिएको प्रमाण बाहिर आएइपछि खनालले राजीनामा दिन लगाएका थिए। नागरिकता प्रकरणबाट टाढिँदै लामा एमाओवादी नजिक पुगे । एमाओवादी भित्र पनि लामालाई लिन हुन्न भनेर विरोध भएको थियो । तर विरोध पन्छाउँदै एमाओवादी अध्यक्ष प्रचण्डले लामालाई संविधानसभा सदस्यमा नियुक्त गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.