सामसङ ग्यालेक्सी एस७ र एस७ एज नेपाली बजारमा, ७७ हजार ९ सय र ८८ हजार ९ सयमा किन्न पाईने

  २०७२ फागुन २६ गते १५:४५     विकासन्युज

काठमाडौं, ३६ फागुन । सामसङको ग्यालेक्सी एस७ र ग्यालेक्सी एस७ एज नेपाली बजारमा भित्रिएका छन् । सामसङको नेपाली बिक्रेता आइएमएस प्राली र हिम इलोक्ट्रोनिक्सले सामसङका नयाँ मोबाइल नेपाली बजारमा भित्र्याएका हुन् । स्मार्ट मोबाइलको बजारमा पछिल्लो संस्करणका रुपमा नेपाल भित्रिएका यी मोबाइलमध्ये सामसङ एस७ को मुल्य ७७ हजार ९ सय रुपैंयाँ र एस७ एजको मुल्य ८८ हजार ९ सय रुपैंयाँ तोकिएको छ ।

Bikashnews.com

के के छन फिचर ?
सामसङ एस ७
सामसङ एस ७ मा आईपी६८ को पानी तथा धुलो नपस्ने रेसिस्टेन्स रहेको छ । यसमा ४ जीबीको रोम, ३२ जीबीको इन्टर्नल र ६४ जीबीको एक्सटर्नल मेमोरी, ५.१ क्वाडकोर प्रोसेसर, १२ एमपीको स्मार्ट आइओएस क्यामेरा, ३००० एमएएचको ब्याट्री, ८०२.११ को वाईफाइ कनेक्टिभिटी लगायतका सुबिधा रहेका छन् । यसमा ५.१ इञ्चको ३डी मेटल ग्लासको स्क्रिनका साथमा जिरोटच एक्सपिरियन्सको सुबिधा पनि छ । न्युन प्रकाशमा समेत उच्च गुणस्तरको फोटो खिच्न सकिने यो मोबाइलमा सेल्फी, पानोरमा र थर्ड पार्टी एप्लिकेशन समेत रहेका छन् ।
सामसङ एस ७ एज
सामसङ एस ७ एजमा ५.५ क्वाडकोर प्रोसेसर, ३२ जीबी इन्टर्नल र २०० जीबीसम्मको एक्सटर्नल मेमोरी, ३६०० एमएएचको ब्याट्र, २.४ गिजाहर्जको वाइफाई कनेक्टिभीटी रहेको छ । न्युन प्रकाशमा समेत उच्च गुणस्तरको फोटो खिच्न सकिने यो मोबाइलमा सेल्फी, पानोरमा र थर्ड पार्टी एप्लिकेशन समेत रहेका छन् ।

प्री बुकिङमा आकर्षक अफर
कम्पनीले यी दुबै मोबाइलको प्र बुकिङमा आकर्षक छुटको अफर पनि अघि सारेको छ । बिहिबारदेखि सुरु हुने प्री बुकिङमा एस७ को खरिदमा १९ हजार ९ सय पर्ने सामसङ गिअर र एस७ एजको खरिदमा २० हजार मुल्य पर्ने सामसङ ब्याग सित्तैमा उपलब्ध हुनेछ ।

सिमित प्याक अफर पनि
कम्पनीले ग्यालेक्सी एस७ एज, गिअर एस२ क्लासिक र लेभल युलाई एक लाख २२ हजारमा उपलब्ध गराउनेछ । यसमा २० हजार मुल्यको लेदर ब्याग समेत प्राप्त हुन्छ । त्यस्तै, एस७, गिअर ए२ र लेभल यु एक लाख ८ हजारमा किन्न सकिन्छ । त्यसमा २० हजार मुल्यको लेदर ब्याग पनि प्रदान गरिनेछ ।

Bikashnews.com

ग्यालेक्सी एस७ र एस ७ एजको सार्वजनिक समारोहलाई सम्बोधन गर्दै सामसङ इलेक्ट्रिोनिक्स नेपालका प्रणरत्न स्थापीतले नयाँ मोबाइलले स्मार्ट फोनका पारखी नेपालीहरुलाई नयाँ आयाम थपेको बताएका थिए । कार्यक्रममा सामसङ इण्डियाका राजीब मिश्रा, आइएमएसका दिपक मलहोत्रा, दिकेश मलहोत्रा, हिम इलेक्ट्रोनिक्सका शेखर गोल्छा लगायतको सहभागीता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.