बैंकको खुद नाफा र कर्मचारी खर्च अनुपातः सवैभन्दा बढी उत्पादकत्व प्राइमको, सवैभन्दा कम कृषि विकासको

  २०७२ फागुन ९ गते १०:५०     विकासन्युज

काठमाडौं, ९ फागुन । कर्मचारीको लागि सवैभन्दा कम रकम खर्च गरेर बढी खुद नाफा गर्ने बाणिज्य बैंकहरुमा प्राइम कमर्शियल बैंक अगाडि देखिएको छ । सवैभन्दा बढी रकम कर्मचारीको लागि खर्च गरेर कम खुद नाफा गर्ने बैंकमा भने कृषि विकास बैंक परेको छ । बैंकहरुले प्रकाशित गरेको गत पुस मसान्तसम्मको वित्तीय विवरणले यस्तो देखाएको हो । वित्तीय विवरण अनुसार प्राइम कमर्शियल बैंकले कर्मचारी खर्चको ५ गुणाभन्दा बढी खुद नाफा गरेको छ ।

सो बैंकले गत पुस मसान्तसम्मा ४६ करोड ९२ लाख खुद नाफा गरेकोमा ८ करोड ५९ लाख ८४ हजार रुपैयाँ मात्रै कर्मचारी खर्च गरेको छ । बैंकले गरेको खुद नाफा कर्मचारी खर्चको तुलनामा ५ दशमलब ४६ प्रतिशतले बढी हो ।

स्रोतः बैंकहरुले प्रकाशित गरेको वित्तीय विवरण, रकम रु हजारमा

स्रोतः बैंकहरुले प्रकाशित गरेको वित्तीय विवरण, रकम रु हजारमा

कर्मचारी खर्च भन्दा निकै कम नाफा गर्ने बाणिज्य बैंकमा कृषि विकास बैंक परेको छ । सो बैंकले गत पुस मसान्तसम्ममा ३८ करोड ७५ लाख २९ हजार रुपैयाँ खुद नाफा गरेको छ । सो अवधिमा बैंकले कर्मचारीको लागि भने १ अर्ब ३१ करोड १ लाख १७ हजार रुपैयाँ खर्च गरेको छ ।

नेपाल इन्भेष्टमेन्ट बैंकको खुद नाफा कर्मचारी खर्चको ४ गुणाभन्दा बढी छ । सो बैंकले गत पुस मसान्तसम्ममा १ अर्ब ७ करोड ८१ लाख ८४ हजार रुपैयाँ खुद नाफा गरेकोमा सो अवधिसम्ममा २४ करोड ३० लाख ४७ हजार रुपैयाँ मात्रै खर्च गरेको छ । इन्भेष्टमेन्ट बैंकले कर्मचारी खर्चभन्दा ४ दशमलब ४४ गुणा बढी खुद नाफा गरेको हो ।

स्रोतः बैंकहरुले प्रकाशित गरेको वित्तीय विवरण, रकम रु हजारमा

स्रोतः बैंकहरुले प्रकाशित गरेको वित्तीय विवरण, रकम रु हजारमा

नविल बैंकले कर्मचारी खर्चको तीन गुणाभन्दा बढी खुद नाफा गरेको छ । सो बैंकले गत पुस मसान्तसम्ममा १ अर्ब ३५ करोड १२ लाख ७९ हजार रुपैयाँ खुद नाफा गरेको छ । सो अवधिसम्ममा बैंकले कर्मचारीको लागि ४० करोड ६४ लाख ४६ हजार रुपैयाँ खर्च गरेको छ । नविलले कर्मचारीको लागि गरेको खर्चभन्दा सो बैंकले गरेको खुद नाफा ३ दशमलब ३३ गुणाले बढी हो ।

यस्तै सानिमा बैंकले पनि कर्मचारी खर्चको भन्दा तीन गुणा बढी खुद नाफा गरेको छ । बैंकले गत पुस मसान्तसम्ममा ४० करोड ८० लाख २५ हजार रुपैयाँ खुद नाफा गरेको छ । सो अवधिमा बैंकले कर्मचारीको लागि १२ करोड ५० लाख ९३ हजार रुपैयाँ खर्च गरेको छ । सानिमाले गरेको खुद नाफा कर्मचारी खर्चभन्दा ३ दशमलब २६ गुणाले बढी हो ।

सिद्धार्थ बैंकले कर्मचारी खर्चको २ दशमलब ७५ गुणा बढी खुद नाफा गरेको छ । सो बैंकले गत पुस मसान्तसम्ममा ४९ करोड २८ लाख ८६ हजार रुपैयाँ खुद नाफा गरेको थियो भने कर्मचारीको लागि १७ करोड ९४ लाख ११ हजार रुपैयाँ खर्च गरेको छ ।

स्टाण्डर्ड चार्टर्ड बैंक नेपालले कर्मचारी खर्चको २ दशमलब ६८ गुणा बढी खुद नाफा गरेको छ । सो बैंकले गत पुस मसान्तसम्ममा ६१ करोड २० लाख ७ हजार रुपैयाँ खुद नाफा गरेको छ भने कर्मचारीको लागि २२ करोड ७९ लाख ५९ हजार रुपैयाँ खर्च गरेको छ । यस्तै सेन्चुरी कमर्शियल बैंकले कर्मचारी खर्च भन्दा खुद नाफा १ दशमलब ५२ गुणाले बढी गरेको छ । गत पुुस मसान्तसम्ममा सो बैंकले १६ करोड ७ लाख ६४ हजार रुपैयाँ खुद नाफा गरेकोमा कर्मचारीको लागि १० करोड ६० लाख ५४ हजार रुपैयाँ खर्च गरेको छ ।

स्रोतः बैंकहरुले प्रकाशित गरेको वित्तीय विवरण, रकम रु हजारमा

स्रोतः बैंकहरुले प्रकाशित गरेको वित्तीय विवरण, रकम रु हजारमा

सिटिजन्स बैंक इन्टरनेसनलले कर्मचारी खर्चभन्दा २ दशमलब ८९ गुणा बढी खुद नाफा गरेको छ । गत पुस मसान्तसम्ममा सो बैंकले ४१ करोड ८४ लाख ८३ हजार रुपैयाँ खुद नाफा गरेकोमा कर्मचारीको लागि १४ करोड ५० लाख ५९ हजार रुपैयाँ खर्च गरेको छ । यस्तै एभरेष्ट बैंकले कर्मचारी खर्चको २ दशमलब ३६ गुणा बढी खुद नाफा गरेको छ । गत पुस मसान्तसम्ममा सो बैंकले ७५ करोड ३७ लाख ७५ हजार रुपैयाँ खुद नाफा गरेकोमा कर्मचारीको लागि ३१ करोड ९५ लाख ४८ हजार रुपैयाँ खर्च गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.