एमाले र एमाओवादी कहिल्यै सुध्रिएनन्ः बिनोद चौधरी

  २०७२ माघ १ गते १६:०९     विकासन्युज

बिनोद चौधरी, उद्योगपति

बिनोद चौधरी, उद्योगपति

विश्वकै उत्कृष्ठ अर्थमन्त्रीको पुरस्कार द बैंकरले निश्चित सिद्धान्तलाई टेकेर प्रदान गर्ने गर्दछ । नेपालको वर्तमान अर्थतन्त्रका परिसूचक जे जस्तो भएपनि डा. रामशरण महतको योगदानलाई द बैंकरले पुरस्कृत गर्नु भनेको सम्पुर्ण नेपालीहरुका लागि गौरवको बिषय हो । नेपालको निजी क्षेत्रको प्रतिनिधीका रुपमा नेपाल उद्योग परिसंघले डा. महतले पाएको सम्मानलाई सम्पुर्ण नेपालीहरुले प्राप्त गरेको सफलताका रुपमा हेरेको छ । म अझै पनि सम्झन्छु, पहिले हामीले औद्योगीक विकास र लाईसेन्स लिनका लागि सरकारी कार्यालय धाएको ।

२०४० सालपछि हामीले उद्योग धन्दाको दर्ता र प्रवद्र्धनका लागि आफ्नो आधा समय सरकारी कार्यालयमा धाएर बिताउनु पर्नेथियो । मैले हरेक दिनको आधा समय सरकारी कार्यालय धाएर बिताएको थिएँ त्यतिबेला । लाईसेन्स र टिप्पणीको राज थियो । उद्योेग विभाग, कम्पनी रजिष्ट्रारको कार्यालय, बाणिज्य विभाग धाएर, कर्मचारीलाई हारगुहार गरेका ति दिन सम्झदा म आज पनि अचम्ममा पर्छु । ति दुर्दिनहरुको अन्त्य गराउँदै सहजताको अध्याय सुभारम्भ गराउने एक जना साक्षीका रुपमा मैले डा. रामशरण महतलाई लिएको छु । म यो पनि यहाँ भन्न चाहान्छु कि नेपालले अन्तराष्ट्रिय उद्योग व्यापारका मञ्चहरुमा प्रवेश गर्ने र त्यस्ता मञ्चहरुमा नेपालको दह्रो उपस्थिती जनाउँदै नेपालमा त्यसको कार्यान्वयनका लागि समेत एक जना दरो अर्थमन्त्रीको आवश्यकता थियो । विश्व कता गैरहेको छ ? विश्वका चलायमान अर्थतन्त्र कता गैरहेको छ ? भन्ने बुझ्नु पर्नेथियो ।

नेपालको व्युरोक्रेसीका मान्छेहरुको मानसिकता बुझ्ने र बदल्ने काम गर्नु पनि उत्तिकै आवश्यकता थियो ।कर्मचारीतन्त्रको मोनोपोलीका त्यस्ता ९० प्रतिशत नीति नियमको अन्त्य गराउने काम डा. महतले नै गर्नु भएको हो । कागजमा मात्रै लेखेर केहि पनि हुने थिएन, त्यसलाई बदल्नु पर्ने थियो । डा. महतले त्यसको नेतृत्व गर्नु भयो । बनस्पति घ्यु देखि स्टिल्ससम्म, सिमेन्टदेखि उर्जासम्म निजी क्षेत्रले आज प्रगति गरेको छ । त्यो भन्दा पहिलो हामी उद्योगीले राष्ट्रिय बाणिज्य बैंक वा नेपाल बैंकको सिईओको कोठा अगाडी गएर हप्तौसम्म लाईनमा बस्नु पर्ने थियो । एलसीको फारममा तोक लगाउन हप्तौंसम्म नेपाल राष्ट्र बैंकमा कुर्नु परेको थियो ।

बैंक, इन्स्यारेन्स, हवाई सेवा, शिक्षा र स्वास्थ्य क्षेत्रमा आज निजी क्षेत्रले जुन योगदान पुर्याएको छ त्यसको आरम्भ डा. महतले नै गर्नु भएको हो । नेपाल एयरलाईन्सको टिकट काट्न महिनौं लाईनमा बस्नु पर्ने थियो । आज निजी क्षेत्रको प्रवेशले त्यसलाई कति सहज बनाएको छ हामी आफैं महशुस गर्न सक्छौं । त्यतिबेला कर्मचारी तन्त्रले निजी क्षेत्रलाई ठगका रुपमा मात्रै लिन्थे र आफु मात्रै जिम्मेवार ठान्दथे । निजी क्षेत्रलाई जहिल्यै नियन्त्रण गरेर, दबाएर राख्नु पर्छ भन्ने कर्मचारीतन्त्रको मानसिकता थियो । डा. महतले त्यसमा आमुल परिवर्तन ल्याउनुभयो ।

डा. महतकै कारण निजी क्षेत्रका घरमा विदेशी राष्ट्र प्रमुखहरु आएका छन् । खालिदा जिया र बेनिजिर भुट्टोलाई हामीले घरमै स्वागत गर्ने अवसर पाएका थियौं । स्वर्गिय गिरिजा प्रसादको पहिलो भारण भ्रमणमा हामीले ठुलो भूमिका खेलेका थियौं । निजी क्षेत्र भनेको उच्च ओहदामा बसेका कर्मचारी भन्दा तल्लो तहका मानिस होईनन् भन्ने पुष्टि महतकै नितिका कारण भएको हो । उहाँले निती परिवर्तन नगर्नु भएको भए आज ७० प्रतिशत लगानी फिर्ता भैसक्ने थियो ।
प्रोटोकललाई हेर्दा निजी क्षेत्रका संस्थाका अध्यक्ष भनेको सेक्सन अफिसर भन्दा तल हुन्छ । तर सभासदको हैसियत ठुलो हुन्छ । मैले सभासद र उद्योगी दुबैको रुपमा विदेश भ्रमण गर्ने अवसर पाएको छु । २०५०/५१ सालमा कुल बजेटको कुल राजश्व संकलन १६ अर्ब थियो भने २०५३/५४ मा आईपुग्दा त्यो बढेर ४० अर्ब पुगेको थियो । हाम्रो रेभिन्यु डबल भएको छ, निर्यात डलब भएको छ । बहुराष्ट्रिय कम्पनीहरुको लगानी आकर्षित भएको छ ।

आजको जर्जर अर्थतन्त्रलाई कसैले धानेको छ भने त्यो निजी क्षेत्रले मात्रै धानेको छ । तर एमाले र माओवादीले कहिल्यै उदार अर्थतन्त्र र निजी क्षेत्र मैत्री निती ल्याएनन् । एमाले र एकिकृत माओवादीले कहिल्यै निजी क्षेत्रको नाम लिन चाहेनन् । उनीहरु कहिल्यै बदलिएनन् र उनीहरुको निति पनि परिवर्तन भएन् । डा. महतलाई उहाँको उदार र निजी क्षेत्र मैत्री नितीकै कारण मैले सम्मान गर्ने गरेको छु । सरकारले चलाएका संस्थानहरुको दुर्दिन देखिँदै गएको छ । नेपाल विद्युत प्राधिकरण, नेपाल आयल निगम डामाडोल अवस्थामा पुगेका छन् । नेपाल टेलिकम पनि अब उँधोगतिमा हिड्ने कुरामा दुईमत छैन् ।

नेपालको अर्थतन्त्रको अवस्था दयनिय बनिसकेको छ । ठुला विदेशी लगानी कर्ताले फिर्ता हुने निर्णय गरिरहेका छन् । सिमेन्टदेखि उर्जाका ठुला परियोजनामा लगानी गर्छु भन्नेहरु पनि निरुत्साहित बनिरहेका छन् । म आफ्नो ब्रह्मले देखेको र भोगेको कुरा बोलिरहेको छु । उहाँ अर्थमन्त्री हुँदा मैले उहाँको बयान गरेको भए, बिनोद चौधरीले डा. महतको मालिस गर्यो भन्थे । सौभाग्यबस आज डा. महत अर्थमन्त्री हुनुहुन्न । डा. महत तपाई अघि बढ्नुस, निजी क्षेत्रको विकासमा भूमिका खेल्नुस, हामी सधैं तपाईको साथमा रहनेछौं ।(चौधरीको भाषणमा आधारित)

One comment on "एमाले र एमाओवादी कहिल्यै सुध्रिएनन्ः बिनोद चौधरी"

  • Mr Everest says:

    100% perfect evaluation. Now time to form proper national policy for sound economic health of the country by dynamic revolution of hydropower, agriculture, tourism, industry-commerce, science-technology …

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.