पर्यटन क्षेत्रको लागि नयाँ गन्तव्य चन्द्रगिरी फनपार्क, फागुनदेखि केबुलकार

  २०७२ पुष ७ गते १६:११     विकासन्युज

4d_player

‘आज निकै जाडो छ है,’ चन्दागिरीको शिखरमा कफीको सुर्काे लगाउदै काठमाडौं फन पार्कका कार्यकारी अध्यक्ष चन्द्रप्रसाद ढकालले भने । ‘अग्लो ठाउँ, हिमाल नजिकै देखिन्छ । काठमाडौंमा भन्दा यहाँ बढी जाडो हुन्छ ।’

chandra_Dhakal

हिमाल, पहाड र तराईको दृष्यावलोकन गर्न सकिने सो स्थानबाट काठमाडौंको सहर र पहाडी क्षेत्रका बस्तीहरु नजिकबाट नियाल्न सकिन्छ । सँगै चन्द्रगिरी पर्वतको हरियो वनको बीचमा रहेर प्रकृतिसँग रमाउने अवसर त छदैछ ।

चन्द्रागिरी पर्वतको शिखरको महत्व धार्मिक र ऐतिहासिक दुबै पक्षमा चर्चित छ । जहाँ हिन्दुहरुको देवता शिवदेखि नेपाललाई एकिकरण गर्ने पृथ्वीनाराण शाहसम्मले यात्रा गरेको धार्मिक ग्रन्थहरु र इतिहासमा वर्णन गरिएको छ ।

सो स्थानमा रहेको महादेवस्थान पुग्न काठमाडौं थानकोटबाट २ घण्टा भन्दा बढी समय ठाडो उकालो चड्नुपथ्र्यो । अहिले चेकपोष्ट, चित्लाङ भन्ज्याङ् हुँदै उक्त स्थानसम्म कच्चि मोटरबाट पुगेको छ । करिव १२ किलोमिटर लामो उकालो सडक पार गर्न बलियो इन्जिन भएको जीपलाई आधा घण्टा लाग्छ ।
roaf_road
अब चन्द्रगिरी पुग्न पार गर्नुपर्ने १२ किलामिटरको दुरी साढे २ किलोमिटरमा खुम्चदै छ । र, समय पनि ९ मिनेटमा पुग्न सकिन्छ । काठमाडौं फन पार्क प्रा.लिले बनाउदै गरेको चेकपोष्टबाट चन्द्रगिरी महादेवस्थान पुग्ने केबुलकार निर्माण सम्पन्न भएपछि यस्तो हुने हो ।

केबुलकार, केबुलकारको स्टेशनहरु, महादेव मन्दिरलगायत पूर्वाधार निर्माणको काम तिब्र गतिमा भईरहेको छ । सयौ कामदारहरु काममा खटिरहेका छन् । दर्जनौ डोजर र लोडरहरु चलिरहेका छन् ।

working

भारतको अघोषित नाकाबन्दीलाई कारण देखाउदै सरकारी बजेटमा आधारित विकास निर्माणका सबै काम ठप्प छन् । तर निजी क्षेत्रले निर्माण गर्दै गरेको चन्द्रगिरी केबुलकार प्रोजेक्टमा भने भटाभट काम भईरहेको देखिन्छ ।

chandra_giri-top-station
आगन्तुकको नजरमा यहाँको निर्माण कार्यमा नाकाबन्दीको कुनै असर देखिदैन । राजधानीमा डिजेलको हाहाकार छ । तर काठमाडौं फन पार्कले आफूलाई चाहिने इन्धनको जोहो गरिरहेको छ । इन्धन कसरी जुटिरहेको छ ?
4d_player
फन पार्कका अध्यक्ष चन्द्रप्रसाद ढकाल भन्छन्–हामी धेरै समस्यासँग जुद्धै काम गरिरहेका छौं । र, आगामी फागून महिनाभित्र केबुलकार संचालनमा ल्याउने प्रयासमा छौं ।
garni
ढकालका अनुसार २०७२ बैशाखदेखि केबुलकार सञ्चालन गर्ने लक्ष्य थियो । स्थानीय तहमा देखिएका जटिलता, भूकम्प, नाकाबन्दी जस्ता कारणले केहि ढिला हुँदै आएको छ । ‘काम गर्न धेरै गाह्रो भएको छ । सुरुमा योजना निर्माण लागत २ अर्ब ५० करोड रुपैयाँ गरिएको थियो । तर अहिले बृद्धि भएर ३ अर्ब २५ करोड रुपैयाँ नाघ्ने भएको छ’ उनी भन्छन्–महँगी बढेको छ । बैंकको व्याज चढिरहेको छ । सरकारलाई कर बुझाईरहनु परेको छ ।

कति काम भयो ?
केबुलकारको वेसस्टेशन भवन, टप स्टेशन भवन, केबुलकारको घिर्नी तथा मेसिनरी सेटअपको काम सकिएको छ । पोलहरु निर्माणको काम सम्पन्न भएका छन् ।

chandra_giri

केबुलकार र त्यसको तार योजनास्थलमा ल्याईएको छ, अब जडान गर्न मात्रै बाँकी छ । विद्युत आपूर्ति र जेनेरेटरको बन्दोबस्त भईसकेको छ । ‘एक हप्तामा केबुलकार सम्बन्धी सबै काम सकिन्छ,’ प्रोजेक्ट मेनेजर अभिशेक शाहले भने ।

cabul_car

केबुलकार निर्माणको काम अष्ट्रेलियाको डुपल मेयर कम्पनीले गर्दै आएको छ । माथि मन्दिरको काम सम्पन्न गर्न अझै केही समय लाग्नेछ ।

buttom_station
चेकपोष्ट नजिकै रहेको केबुलकार चड्ने स्टेशनमा रेष्टुरेन्ट, शपिङ सेन्टर, सवारी पार्किङ स्थल, बगैचा बनाउने कार्य भईरहेको छ । ३ सय मोटर साईकल, २ सय कार र १ सय बस पार्किङ गर्न मिल्ने गरी पार्किङस्थाल निर्माण गरिदैछ ।

parking
चन्द्रागिरी महादेवस्थलमा रमाईलो संसार बनाउने काम भईरहेको छ । हिमाल, पहाड, तराई, काठमाडौं सहर, मोफसलको गाउँबस्ती, चन्द्रागिरी पर्वतको वनको दृष्य अवलोकन गरि प्राकृतिक रुपमा लिन सकिने आनन्द आफैमा अतुलनीय छ । त्यसभित्र मनोरञ्जनका मानव निर्मित पूर्वाधारहरु बनाईदै छ । जहाँ फोरडी थिएटर, भ्यू टावर, जिप फ्लायर, रक क्लाईम्बिङ, रेष्टुरेन्ट, रिसोर्ट, फर्न पार्क निर्माण गरिदैछ ।

chandra_giri-temple
‘काठमाडौं उपत्यकामा बसोबास गर्ने ४५ लाख मानिसको लागि मनोरञ्जनको उत्कृष्ट स्थल निर्माण गर्नेछौं । साथै, स्वदेशी र विदेशी पर्यटनको लागि यो आकर्षक गन्तव्य बनाउने हाम्रो योजना छ’ कम्पनीका अध्यक्ष ढकाल भन्छन् । दैनिक १० हजारदेखि १५ हजार मानिस यस क्षेत्रमा आउने अनुमान उनको छ ।

केवुलकारको यात्रा, दृष्याबलोकन, मनोरञ्जन, गोष्टी, सेमिनारका लागि स्थान छनौट गर्नुको साथै धार्मिक यात्राको गन्तव्य बनाउन कम्पनीले ठूलो लगानी गरेको छ । पहिला महादेवको नाममा पुजा गरिदै आएको शिलास्थलमा प्यागोडा शैलीमा परम्रागत मन्दिर बनाईदैछ । सो मन्दिरको नाम जुरिसकेको छैन । ‘चन्द्रागिरी महादेव पनि भनिदोरहेछ, भलेश्वर तथा भालेश्वर महादेव पनि भनिदो रहेछ’ ढकाल भन्छन् । ‘स्वस्थानीमा पनि चन्द्रागिरीको बारेमा उल्लेख छ । पृथ्वीनारायण शाह र नेपाल एकिकरण सम्वन्धी इतिहासमा पनि यस क्षेत्रको बारेमा उल्लेख भएको सुनेको छु । स्थानीयबासीका आफ्नै लोकन्थी पनि छन् । सबैको अध्ययन गरेर नामबारे अन्तिम टुङ्गो लगाउनुपर्छ,’ ढकालले नामवारेको योजना सुनाए ।

view-tower
दृष्यावलोकनका लागि मन्दिर नजिकै भ्यू टावर बनिसकेको छ । फोरडी थिएटर पनि तयार भईसकेको छ । ओपन थिएटर बन्दैछ । ‘मन्दिर निर्माण गर्न बढी समय लाग्यो,’ ढकाल भन्छन् । फन पार्क र रिसोर्ट बनाउने काम पनि अगाडि बढेको छ । मन्दिरको काम सकिएपछि उद्घाटन गर्ने योजना प्रालिको छ ।

chandra_giri_tower चन्द्रगिरीमा दुई वटा सम्मेलन हलहरु, सय रुम क्षमताको सुविधा सम्पन्न रिसोर्ट बनाईदैछ । ‘अन्तराष्ट्रिय सम्मेलनमा भाग लिन नेपाल आउने भिआईपीहरुलाई यहाँ आएर बस्न आवश्यक सुविधा उपलब्ध हुने गरी रिसोर्ट बनाउँदै छौं’ ढकालले भने । कर्पोरेट हाउस, आईएनजीहरुले गर्ने सभा, सम्मेलन, गोष्टी, वर्कसप जस्ता कार्यक्रम गर्नको लागि पनि योग्य हुने गरी रिसोर्ट बनाइदै गरिएको छ । रिसोर्ट निर्माणको काम सुरु भैसकेको छ ।
ban
फनपार्कले सरकारसँग चन्द्रागिरी पर्वतमा ३६ विगाह जमिन भाडा लिएको छ । त्यसमध्ये ५ विगाहामा आवश्यकताअनुसार पूर्वाधार विकास गर्नेछ । बाँकी जमिनको वन संरक्षण गर्ने जिम्मेवारी लिएको छ । ‘४० वर्षको लागि जग्गा भाडामा लिइएको हो, थप ४० वर्षको लागि नविकरण गर्न मिल्ने व्यवस्था छ,’ ढकाल भन्छन् ।
base_station
कम्पनीले प्रतिविगाह ५ हजार रुपैयाँका दरले सरकारलाई रकम बुझाउनुपर्छ । सो रकम हरेक वर्ष १० प्रतिशतले वृद्धि हुने फन पार्कका महाप्रबन्धक अम्बिकाप्रसाद पौडेलले बताए । सरकारसँग लिजमा लिएको जग्गा बाहेक कम्पनीले चेकपोष्टसँगै १ सय २५ रोपनी जग्गा किनेको छ । जहाँ केबुलकारको बेसस्टेशन रहेको छ ।

काठमाडौं फन पार्क प्रालिमा आईएमई समूह, भाटभटेनी, व्यवसायीहरु, अम्बिकाप्रसार पौडेल, उत्तम नेपाल, नवराज नेपाल, उमा केसीको लगानी छ । यस परियोजनामा सिटिजन्स बैंक इन्टरनेशनल, नेपाल इन्भेष्टमेन्ट बैंक, सिद्धार्थ र प्रभु बैंकले कर्जा लगानी गरेका छन् ।

One comment on "पर्यटन क्षेत्रको लागि नयाँ गन्तव्य चन्द्रगिरी फनपार्क, फागुनदेखि केबुलकार"

  • raghu says:

    यो पैसाले 20 MW को बिजुली बन्थ्यो, वाहियात खर्च/

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.