दुगड ग्रुप कालोबजारीमा सक्रिया, ४ ट्रक खाने तेल प्रहरी नियन्त्रणमा

  २०७२ मंसिर १७ गते १९:०७     विकासन्युज

काठमाडौं, १७ मंसिर । काठमाडौं प्रहरी परिसरले केएल दुगडको जडीबुटीमा रहेको गोदाममा लुकाइराखेको ४ ट्रक भन्दा बढी खाने तेल नियन्त्रणमा लिएको छ ।

bikashnews.com

कुमुद दुगडं, प्रबन्ध निर्देशक

कुमुद दुगडं प्रबन्ध निर्देशक रहेको यस कम्पनीले स्वष्तिक आयल इन्डट्रिजले धारा, ज्ञान, सनफ्लावर, स्वस्तिक लगायत ब्राण्डमा तोरीको तेल उत्पादन गर्दै आएको छ । प्रहरीले कम्पनीका म्यानेजर अमन जैन र प्रमोद अधिकारीलाई पक्राउ गरी अनुसन्धान सुरु गरेको छ।

dhara_oilखाने तेलको मूल्य बढाइ बिक्री गरेको सूचनाको आधारमा प्रहरीले छापा मारेको एसएसपी विक्रमसिंह थापाले बताए । नाकाबन्दीअघि एक लिटर तेल १ सय ५० बेच्ने गरेको दुगड ग्रुपले अहिले लिटरको ३ सय २० रुपैयाँ लिदै आएको छ।

साथै बढी मूल्यको स्टीकर टाँसेर ठिक्क पारेर राखेको अवस्था प्रहरीले बरामद गरेको छ। छापामा अहिले सिल गरिएको एसपी विश्वराज पोखरेलले जानकारी दिए। उनका अनुधार २ ट्रक धारा, १ ट्रक ज्ञान र १ ट्रक सनफ्लावर गरी ४ तेल सिल गरिएको छ ।

प्रहरीले उनीहरुलाई कालोबजारी ऐन अनुसार कारवाही चलाउने भएको छ । यो ऐनअनुसार बढीमा १० वर्ष जेल हाल्न सक्नेछ । कालोबजारी गरेर यो कम्पनी बारम्बार विवादमा तानिदै आएको छ । तर अहिलेसम्म प्रहरीले दुगढ ग्रुपलाई ठोस कारवाही गरेको छैन ।

दुगड समूहले खाने तेल, दाल, चामल मैदा लगायत खाद्यन्यको उत्पादन र व्यापार गर्दै आएको छ । जब बजारमा आपूर्ति समस्या देखिन्छ तब दुगड ब्रर्दश कालोबजारीमा सक्रिय हुने गरेको इतिहास छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.