दैनिक १२ घण्टा लोडसेडिङ, खाना पकाउन सजिलो, उद्योग चलाउन सकस

  २०७२ मंसिर १७ गते १०:४२     विकासन्युज

काठमाडौं, १७ मंसिर । शुक्रबारदेखि दैनिक १२ घण्टासम्म लोडसेडिङ हुनेछ । नेपाल विद्युत प्राधिकरणले जारी गरेका नयाँ लोडसेडिङ तालिका अनुसार सर्बसाधारणको घरमा दैनिक ७ देखि साढे १० घण्टा लोडसेडिङ हुने छ भने डेडिकेटेड लाईन जोडिएको औद्योगिक क्षेत्रमा दैनिक १२ घण्टा लोडसेडिङ हुनेछ ।

सर्बसाधारणको घरमा एक हप्तामा ६२ घण्टा लोडसेडिङ हुनेछ भने उद्योगमा हप्तामा ९६ घण्टा लोडसेडिङ हुनेछ ।

नयाँ तालिका विद्युत् प्रयोग गर्ने चुलो सुचारु गराउन के्रन्द्रीत छ । हप्तामा तीन दिन विहान ८ बजेभन्दा अघि बेलुका ८ बजेपछि खाना पकाउन मिल्ने छ । हप्तामा तीन दिन विहान ८ बजेपछि र बेलुका ८ बजेअघि खाना पकाउन मिल्ने छ । हप्तामा एक दिन विहाना ९ बजेपछि र बेलुका जुनसुकै बेला खाना पकाउन मिल्ने छ ।

ग्यासको अभावले सहरी क्षेत्रको भान्छा बढी प्रभावित भएकोले उनीहरुलाई राहात मिल्नेगरी लोडसेडिङको तालिका बनाइएको प्राधिकरणका कार्यकारी निर्देशक मुकेश काफ्लले बताए ।

तर उद्योग चलाउनेले निकै सकस बेहोर्नु पर्नेछ । डेडिकेटट लाईन भएको उद्योगहरु मध्ये अधिकांशले दिउँसको समयमा विजुली पाउने छैनन् ।

औद्योगिक क्षेत्रअनुसार विहान ५ बजेदेखि साँझ ५ बजेसम्म, विहान १० बजेदेखि बेलुका १० बजेसम्म, राती १२ बजेदेखि १२ बजेसम्म, साँझ ५ बजेदेखि विहान ५ बजेसम्म लोडसेडिङ हुनेछ ।

लोडसेडिङ अवधि बढी भएपनि औद्योगिक उत्पादनलाई सहयोग पुग्ने गरी तालिका तयार गरिएको काफ्लेले बताए । ‘नियमित १२ घण्टा उद्योग चलाउन मिल्छ । उद्यमीले दिउँसो बन्द गरेर राती उद्योग चलाउन सक्छन् ।’ राती उद्योग चलाउँदा उज्यालोको लागि थप विद्युत खपत हुने भएकोले उद्योग दिउँसोे नै चलादा सबैलाई फाइदा हुने उद्योगीहरुको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.