एनसीसी बैंकमा चार विकास बैंक मर्ज हुने, चैत मसान्तमा मर्ज सम्पन्न गर्ने सम्झौता

  २०७२ मंसिर ११ गते १६:३५     विकासन्युज

रामकृष्ण पौडेल/काठमाडौं ।

११ मंसिर । नेपाल क्रेडिट एण्ड कमर्श (एनसीसी) बैंकमा राष्ट्रिय स्तरका चार विकास बैंकहरु मर्ज हुने भएको छन् । एनसीसीमा इन्टरनेशनल डेभलपमेन्ट बैंक, इन्फ्राष्ट्रक्चर डेभलपमेन्ट बैंक, एपेक्स डेभलपमेन्ट बैंक र सुप्रिम डेभलपमेन्ट बैंक मर्ज हुने भएको छन् ।

bikashnews.com

bikashnews.com

पाँच बैंकहरुबीच मर्ज गर्ने विषयमा शुक्रबार सैद्धान्तिक सहमति भएको छ । पाँच बैंकका सञ्चालक समितिका अध्यक्ष तथा सञ्चालकहरुको उपस्थितिमा मर्जसम्बन्धी सहमति पत्रमा हस्ताक्षर सम्पन्न भएको एनसीसी बैंकको अध्यक्षता गरिरहेका नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक लक्ष्मीप्रपन्न निरौलाले विकासन्यूजलाई बताए । एनसीसी बैंक हाल नेपाल राष्ट्र बैंकको नेतृत्वमा सञ्चालन हुँदै आएको छ ।

मर्ज सम्बन्धी सबै काम २०७२ चैत मसान्तसम्ममा सम्पन्न गर्ने योजना रहेको निरौलाले जनाकारी दिए । स्रोतका अनुसार मर्ज प्रक्रियाबाट कोही पनि बाहिरीन नपाउने कडा सर्तहरु सम्झौता पत्रमा उल्लेख छ ।

मर्जपछि बैंकको चुक्ता पुँजी ५ अर्ब ३ करोड रुपैयाँ हुनेछ । निक्षेप करिव ४७ अर्ब, कर्जा करिब ३८ अर्ब रुपैयाँ हुनेछ । शाखा संख्या ३८ वटा हुने छ भने कर्मचारी संख्या करिव ९०० हुनेछ ।

मर्जपछि बैंकको नाम नेपाल क्रेडिट एण्ड कमर्श (एनसीसी) रहने छ । सञ्चालक समितिको अध्ययक्षसहित ३ जना सञ्चालक, प्रमुख कार्यकारी अधिकृत एनसीसीबाट हुने छ भने चार विकास बैंकबाट २/२ जान सञ्चालक बन्ने छ ।

यसअघि मंसिर २ गते नै मर्जसम्बन्धि सम्झौतामा हस्ताक्षर गर्ने कार्यक्रम तय भएको थियो । तर एनसीसी बैंकका महत्वपूर्ण प्रवद्र्धकहरुले अर्को एक वाणिज्य बैंकसँग मर्ज गर्ने विषयमा सकारात्मक छलफल भएको भन्दा विकास बैंकसँगको मर्जप्रक्रिया १० दिनका लागि स्थगित गर्न एनसीसी बैंक सञ्चालक समितिलाई आग्रह गरेका थिए । तर १० दिनसम्म उक्त विषयमा ठोस प्रगति नभएपछि एनसीसी बैंक पहिले कै बाटोमा अगाडि बढेको स्रोतले बतायो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.