शुक्रबार अढाई लाख लिटर इन्धन बाढिँदै, पत्रकारलाई नेशनल ट्रेडिङबाट ४ हजार लिटर पेट्रोल

  २०७२ मंसिर ११ गते १२:१५     विकासन्युज

काठमाडौं, ११ मंसिर । नेपाल आयल निगमले शुक्रबार दुई लाख ५३ हजार लिटर इन्धन वितरण गर्दैछ । निगमले बागमति उपत्यकाका लागि दुई लाख १७ हजार लिटर डिजेल र ३६ हजार लिटर पेट्रोल वितरण गर्न लागेको हो ।
today_petrol

निगमले ४५ वटा पम्पहरुबाट डिजेल वितरण गर्नेछ भने आठ वटा पम्पहरुबाट पेट्रोल वितरण गर्दैछ । निगमले पत्रकारका लागि नेशनल ट्रेडिङ लिमिटेड टेकुबाट ४ हजार लिटर पेट्रोल उपलब्ध गराउने भएको हो । सूचना बिभागद्धारा जारी गरिएको परिचय पत्रका आधारमा पत्रकारका मोटरसाईकलाई तीन लिटर र कार तथा जीपलाई १० लिटर इन्धन उपलब्ध गराईनेछ ।

यस अघि  लगनखेलस्थि नेपाली सेनाको स्वामित्वमा रहेको शक्तिदेवी पेट्रोल स्टेशनबाट पत्रकारलाई इन्धन उपलब्ध गराउने बताईएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.