नेपाल–चीन भन्सार अधिकारीबीच २० बुदे सहमति

  २०७२ कार्तिक १८ गते १४:४६     विकासन्युज

काठमाडौं, १८ कात्तिक । नेपाल र चीनका भन्सार अधिकारीविच भन्सार अबरोध र सीमा ब्यापार सहज बनाउनको लागि २० बुदे सहमति हुने भएको छ । मंगलवारदेखि काठमाडौंमा जारी दुई देशविचका अधिकारीले सहमतिको मस्यौदा तयार गरिसकेकोले त्यस्तो मस्यौदालाई अन्तिम रुप दिएर विहिवार बेलुकी हस्ताक्षर हुन लागेको हो ।

नेपाल र चीनका अधिकारीको २७ औं बैठकले भन्सार अवरोध कम गर्ने र सीमा ब्यापारमा हुने अबरोध कम गर्ने सहमति गरिसकेको भन्सार विभागले जानकारी दिएको छ ।

सहमतिका बुदामा नेपाली ट्रक तथा कन्टेनरका चालक तथा सहचालकलाई सहज रुपमा नेपाल र चीन प्रवेशको बातावारण मिलाउने विषय उल्लेख गरिएको छ । यसको लागि आ–आफ्नो देशको तर्फवाट वाताबरण मिलाउन दुबै पक्ष सहमत भएका छन् । यसअघि नेपाली ट्रक तथा कन्टेनरका चालकहरुले पनि दुबै देश प्रबेश गर्दा अनिवार्य रुपमा भिषा लगाउनु पर्ने ब्यवस्था थियो ।

यस्तै नेपालमा आउने चिनिया उत्पादनको लेबलमा नेपाल वा अंग्रेजी भाषामा अनिवार्य रुपमा विवरण उल्लेख गर्न चिनिया पक्ष सहमत भएको छ । चिनिया उत्पादनको लेबलमा नेपाली वा अंग्रेजी भाषामा विवरण लेख्न सकिने भन्सार जाचपासमा सहजता हुने माग नेपाली पक्षले राखेको थियो ।

‘नेपालमा आउने बस्तुको लेबलमा नेपाली वा अंग्रेजी भाषामा विवरण खुलाउने हाम्रो मागमा चिनिया पक्षले सहमति जनाएको छ, यसले भन्सार जाचपास छिटो र प्रभावकारी हुने अपेक्षा गरेका छौं,’ भन्सार विभागका एक उच्च अधिकारीले भने । त्यस्तो लेबलमा उत्पादन मिति, परिमाण, म्याद समाप्त हुने मिति, मूल्य तथा सो बस्तुको बनावट जस्ता विवरण समावेश गरिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.