ऋणीलाई व्याज र किस्ता तिर्न पुस मसान्तसम्मलाई छुट, कर्जा भुक्तानी अवधि एक वर्ष थप गर्न सकिने

  २०७२ कार्तिक १० गते १७:०८     विकासन्युज

काठमाडौं, १० कात्तिक । २०७१ साल चैत महिनासम्म नियमित व्याज र किस्ता तिर्दै आएको ऋणले ९ महिनासम्म व्याज, सावा वा किस्ता तिर्न छुट पाएका छन् । नेपाल राष्ट्र बैंकले मंगलबार बैंक तथा वित्तीय संस्थाहरुलाई सकूलर जारी गर्दै उनीहरुले २०७२ पुस मसान्तसम्ममा व्याज, किस्ता बुझाएको अवस्थामा कुनै पनि जरिवाना, पेनाल व्याज, शुल्क वा अन्य कुनै पनि प्रकारका कारवाही नगर्ने निर्देशन दिएको हो ।

bikashnews.com

देशमा उत्पन्न असहज परिस्थितिका कारण ऋणीको ऋण तिर्ने क्षमतामा ह्रास आएको भन्दै राष्ट्र बैंकले विभिन्न किसिमको सुविधा दिन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ ।

सुष्म निगरानी सम्बन्धी व्यवस्था अन्तरगत २०७३ असार मसान्तसम्ममा ४ प्रतिशत कर्जा नोक्सानी व्यवस्था गर्न भनिए पनि २ प्रतिशत मात्र कर्जा नोक्सानी व्यवस्थ ागर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।

त्यस्तै राष्ट्र बैंकले कर्जा भुक्तानी अवधि एक वर्ष थप गर्न निर्देशन दिएको छ । ऋणीको ऋण तिर्ने क्षमतामा ह्रास आएको भन्दै राष्ट्र बैंकले उद्योग, व्यापार, शिक्षा, स्वास्थ्य, होटल, एयरलाईन्स, ट्राभन्स एजेन्सी लगायत पर्यटन क्षेत्र, उर्जा लगायत सेवा क्षेत्रका ऋणीले कर्जा पुनरतालिकीकरण वा पुनरसंरचना गर्न चाहेमा उनीहरुलोई थप एक वर्षको समय दिन राष्ट्र बैंकले निर्देशन दिएको हो । आगामी पुस मसान्तसम्ममा यस्तो कर्जा पुनरतालिकीकरण गरिसक्नु पर्नेछ ।

यसरी कर्जा पुनरतालिकीकरण गर्दा पुस मसान्तसम्मको व्याजलाई पुँजीकरण गर्न सकिने, पुँजीकरण गरिएको रकमलाई बैंकले नाफामा गणना गर्न पाउने तर उक्त रकम छुट्टै कोषमा राख्नु पर्ने, कर्जा असुली नभएसम्म उक्त नाफाबाट सेयरधनीलाई लाभांश वितरण गर्न नपाउने राष्ट्र बैंकको निर्देशनमा उल्लेख छ ।

त्यस्तै, असोज मसान्तसम्म प्राप्त हुनु पर्ने व्याज कात्तिक मसान्तसम्म प्राप्त भएपनि पहिलो त्रामासमा गणना गर्न पाउने भएको छ । त्यस्तै, १२० दिनको लागि जारी गरिएका ट्रष्ट रिसिप्ट कर्जालाई १८० दिनसम्म बढाउन सकिने र यो सुविधा २०७२ चैत मसान्तसम्मको लागि मात्र हुने राष्ट्र बैंकले जनाएको छ ।

यस्तो छ राष्ट्र बैंकको निर्देशन पूर्ण पाठ

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.