को को बन्दैछन ओली क्याबिनेटमा मन्त्री ?

  २०७२ असोज २५ गते ११:२९     विकासन्युज

Bikashnews.com

काठमाडौं, २५ असोज । केपी ओली नेतृत्वको गठबन्धन सरकारमा मन्त्री बन्ने दौडले तिब्रता पाएको छ । एमाले, एमाओवादी, राप्रपा नेपाल, फोरम लोकतान्त्रिकदेखि राप्रपा र माले भित्र मन्त्री बन्ने रस्सा कस्सी सुरु भएको हो । सरकारको नेतृत्व गरेको एमाले भित्र प्रधानमन्त्री केपी ओली, बरिष्ठ नेता माधव नेपाल, झलनाथ खनाल, उपाध्यक्ष बामदेव गौतम र महासचिव ईश्वर पोखरेलले गुटगत कोटा खोजेका छन् ।

एकिकृत माओवादी भित्र पनि अध्यक्ष प्रचण्ड र नारायणकाजी श्रेष्ठले बाँडफाँट गर्नेछन् । राप्रपा नेपालमा कमल थापालाई एकल अख्तियार प्राप्त हुनेछ । उता, फोरम लोकतान्त्रिकले भने गच्छद्धार, जितेन्द्र सोनल तथा रामजनम चौधरीका बिचमा पावर सेयरिङ गर्नेछ । यी तिनै जना मन्त्री बन्ने लाईनमा छन् ।

ओलीले आजै १ बजे सपथ लिँदैछन् । आजै राप्रपाका कमल थापा, एकिकृत माओवादीका हरिबोल गजुरेल र फोरम लोकतान्त्रिकका बिजय गच्छद्धारले सपथ लिने निश्चित भैसकेको छ ।

एमालेका आंकांक्षी
एमालेमा उपाध्यक्ष भिम रावल, उप महासचिव बिष्णु पौडेल मन्त्रीको तिब्र आकांक्षी हुन् । यी बाहेक पुर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे, अग्नि खरेल, सत्रुघ्न महतो, वैजनाथ चौधरी, पशुपति चौँलागाईँ, डा. बंसिधर मिश्र, लालबाबु यादव, रामकुमार भट्राई, शेरधन राई, रबिन्द्र अधिकारी, थममाया थापा, श्रीमाया थकाली, सोम प्रसाद पाण्डे, तुल बहादुर गुरुङ लगायत मन्त्री बन्ने दौडमा छन् । उनीहरुले आफु निकटका नेताहरुलाई मन्त्री बनाईदिन दबाव दिईरहेका छन् । केपी ओली, माधव नेपाल, झलनाख खनालका निवासमा मन्त्री बनाउन दबाव दिनेहरुको ठुलो भिड लागिरहेको छ ।

एकिकृत माओवादी
एकिकृत माओवादीले नेता हरिबोल गजुरेललाई सपथ खुवाउने निर्णय गरिसकेको छ । त्यसका अलवा नेताहरु कृष्ण बहादुर महरा, टोप बहादुर रायमाझी, जनार्दन शर्मा, शक्ति बस्नेत लगायतका नेताहरु मन्त्री बन्ने कसरतमा छन् ।

राप्रपा नेपाल
राप्रपा नेपालका तर्फबाट पार्टी अध्यक्ष कमल थापाले नै सरकारमा नेतृत्व गर्नेछन् । उनले उपप्रधान सहित परराष्ट्र मन्त्रालय सम्हाल्ने सम्भावना रहेको छ ।
। रामकुमार सुब्बा, कुन्ती शाही, दिलनाथ गिरी, रेशम लामा, गंगा यादव, दिनेश श्रेष्ठ र विक्रम थापा लगायतले आफुलाई मन्त्री बनाउन दबाव दिईरहेका छन् ।

फोरम लोकतान्त्रिक
फोरम लोकतान्त्रिकका तर्फबाट अध्यक्ष बिजयकुमार गच्छद्धारले उपप्रधानमन्त्री सहित सरकारमा पार्टीको नेतृत्व गर्नेछन् । उनीसँगै रामजनम चौधरी र जितेन्द्र सोनलले पनि मन्त्री बन्ने इच्छा राखेका छन् । उनीहरु दुबैलाई मन्त्री बनाउन गच्छद्धार र पार्टी पनि सकारात्मक रहेको श्रोतले बतायो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.