एमाले अध्यक्ष ओली प्रधानमन्त्री बन्ने पक्का, ओलीको पक्षमा कम्तिमा ३१२ मत

  २०७२ असोज २३ गते १२:०५     विकासन्युज

काठमाडौँ, २३ असोज । नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीको उम्मेदवारी दर्ता गराएका छन् । एकीकृत नेकपा(माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल प्रस्तावक र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापासहित केही साना दलको सर्मथनमा एमाले अध्यक्ष ओलीले उम्मेदवारी दर्ता गराएका हुन् ।

Bikashnews.com

Bikashnews.com

उम्मेदवारी दर्तासँगै भोली हुने निर्वाचनमा ओली प्रधानमन्त्री हुने पक्का भएको छ । उनले कम्तिमा ३१५ मत ल्याउने देखिएको छ । हाल ५९८ सांसद रहेकोले प्रधानमन्त्रीमा विजयी हुन ३०० मत पाए पुग्छ । ओलीले ३३० भन्दा बढी मत पाउने सक्ने एमालेको मुख्य सचेतक अग्नी खरेलले बताए ।

ओलीलाई प्रधानमन्त्री बन्न नेकपा एमाले, एमाओवादी, राप्रपा नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा(माले), राष्ट्रिय जनमोर्चा, राष्ट्रिय जनमोर्चा, बहुजन शक्ति पार्टी, नेपाः राष्ट्रिय पार्टी, राष्ट्रिय जनमुक्ति पार्टी लोकतान्त्रिक र नेपाली जनता दलको समर्थन देखिएको छ ।

ओलीको समर्थनमा देखिएका दलहरुमध्ये एमालेको १८३, एमाओवादीको ८३, राप्रपा नेपालको २५ सांसद रहेका छन् । यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीको १२, नेकपा(माले) को ५, राष्ट्रिय जनमोर्चाको ३, राष्ट्रिय जनमुक्ति पार्टी लोकतान्त्रिकको २, बहुजन शक्ति पार्टीको १, नेपाली जनता दलको १ सांसद छन् ।

प्रधानमन्त्रीका लागि नेपाली काँग्रेसका सभापति तथा वहालवाला प्रधानमन्त्री सुशील कोइरालाले पनि उम्मेदवारी दर्ता गराउने भएको छन् ।

व्यवस्थापिका–संसद् सचिवालयले शुक्रबार प्रकाशित सूचनाअनुसार शनिवार बिहान संसद् भवन नयाँ बानेश्वरमा ११ बजेदेखि अपराह्न ४ बजेसम्म प्रधानमन्त्रीको उम्मेदवारी दर्ता गराउने समयसीमा तोकिएको छ ।

आवेदन दर्ता भएपछि शनिबार ४ः३० बजे सचिवालयले दर्ता भएको प्रस्तावको अन्तिम सूची प्रकाशित गर्ने व्यवस्थापिका–संसद् सचिवालयका सहायक प्रवक्ता सुदर्शन कुइँकेलले जानकारी दिए । यस्तै, आइतबार बिहान ११ बजे बस्ने संसद् बैठकमा प्रधानमन्त्रीको उम्मेदवारका समर्थक र प्रस्तावकले आ–आफ्नो धारणा राखेपछि मतदान प्रक्रियामा सुरु हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.