नेपालबाट वार्षिक ९ खर्ब ५४ अर्ब रुपैयाँ लैजान्छ भारतले

  २०७२ असोज ११ गते ९:४९     विकासन्युज

काठमाडौं, ११ असोज । नेपालमा अघोषित नाकाबन्दी गरेर भारतले नेपाली जनतामाथि अमानविय व्यवहार मात्र गरेको छैन, उसले आफ्नो ठूलो बजारलाई विच्क्याउदैछ ।

नेपाल भारतको लागि सानो बजार होइन । भारतले नेपालबाट वार्षिक ९ अर्ब ५४ अर्ब रुपैयाँभन्दा बढी कमाएर लगेको छ ।

bikashnews.com
नेपाल राष्ट्र बैंकमा अनुसार गत आर्थिक वर्ष भारतबाट ४ खर्ब ९१ अर्ब ६५ करोडको सामान आयात भएको छ । यो रकममा पेट्रोलियम पदार्थ जोखिएको छैन ।

गत आर्थिक वर्षमा एक खर्ब १२ अर्ब ४ करोडको पेट्रोलियम पदार्थ आयात भएको छ । नेपालमा पेट्रोलियम पदार्थको आयात गर्ने एक मात्र निकाय नेपाल आयल निगमले भारतीय आयल निगमसँग मात्र खरिद गर्दै आएको छ ।

पिउ रिसर्ज सेन्टरका अनुसार भारतले नेपालबाट वार्षिक करिव ३ खर्ब ५० अर्ब रुपैयाँ रेमिट्यान्स लैजान्छ । यो संस्थाका अनुसार सन् २०१२ मा मात्र ३ अर्ब २२ करोड अमेरिकी डलर (३ खर्ब ४० करोड रुपैयाँ) बराबरको रेमिट्यान्स भारत गएको छ । नेपालबाट भारत जाने रेमिट्यान्स हरेक वर्ष बढ्दो छ ।

नेपालबाट भारततर्फ ५५ अर्ब ८६ करोड रुपैयाँ मात्र निर्यात भएको छ । नेपालीहरु पनि भारतमा गएर काम गर्छन । भारतमा कमाएर फर्कर्दै गरेका हजारौ नेपाली सीमा क्षेत्रमा आई पुग्दा भारतीय पक्षमाबाट नै लुटिदै आएका छन् ।

नेपालको यति ठूलो बजारलाई भारतले गुमाउन सक्दैन । त्यसैले उसले अघोषित नाकाबन्दीको समयमा पनि छिट्टै कुहिने तरकारी र फलफूलका ट्रक नेपाल पठाईरहेको छ । नेपालीहरुलाई चरम दुःख दिने नियतले अत्यावश्यक पेट्रोलिय पदार्थ भने ल्याउन दिएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.