हिरामोतीमा एक प्रतिशत, मोटसाईकलमा ८० प्रतिशत भन्सार !

  २०७२ असोज १ गते १६:४४     विकासन्युज

काठमाडौं, १ असोज । नेपालले ५ हजार तीन सय बस्तुमा भन्सार दरबन्दी तोकेको छ । त्यसमा एक प्रतिशतदेखि ८० प्रतिशतसम्मको भन्सार दर कायम गरिएको छ । अर्थ मन्त्रालयले प्रत्येक बर्षको बजेटसँगै भन्सार दरबन्दीमा हेरफेर गर्दै आएको छ ।

Bikashnews.com

आर्थिक बर्ष २०७२/७३ सालको बजेट मार्फत सरकारले नयाँ भन्सार दर कायम गरेको छ । जसमा एक प्रतिशतदेखि पाँच, दश, पन्ध्र, बिस, तीस र ८० प्रतिशत भन्सार दर कायम गरिएको छ ।

८० प्रतिशत भन्सार दर दुई वटा समानमा मात्रै तोकिएको छ । अटोेमोबाइल्स र हातहतियार तथा गोलाबारुदका समानमा ८० प्रतिशत भन्सार तिर्नु पर्छ । हात हतियारको आयात सिमित मात्रामा मात्रै हुने भएकाले पनि अटोमोबाइल्सले मात्रै ८० प्रतिशत भन्सार महसुल तिर्दै आएको छ । त्यसका अलवा भन्सार राजस्वमा ठुलो हिस्सा ओगट्ने दर भने ३० प्रतिशत हो । यसमा प्लाष्टिकका समान, जुस तथा जाम, बिस्कुट पाउरोटी लगायतका जंक फुड, कार्पेट तथा फर्निचर, मार्बल, फलामका रड र काँचका सिसा लगायतका उपजहरु छन् ।

एक प्रतिशत भन्सार दर कायम गरिएका उपजहरुको संख्या पनि ठुलै छ । हिरा, मोतीदेखि हवाई जहाजका पार्ट पूर्जा तथा तोरीसम्मको भन्सार दर एक प्रतिशत तोकिएको छ । यसका अलवा १० किलोवाट भन्दा कम क्षमताको जेनेरेटर, दाना उद्योगको कच्चा पदार्थ, औषधीको कच्चा पदार्थ, ब्याट्रीबाट चल्ने टेम्पोका उपकरण, चियाँ उद्योगका कच्चा पदार्थ, एम्बुलेन्स लगायतका समान रहेका छन् ।

हिरामोतीमा एक प्रतिशत र मोटरसाईकलमा ८० प्रतिशत भन्सार किन ? भन्ने विकासन्युजको प्रश्नमा राजश्व सचिव राजन खनालले भने–‘बहुमुल्य बस्तुहरुको भन्सार दर धेरै बनाउँदा अबैध आयात हुने क्रम बढ्छ, त्यसलाई रोक्न हिरा मोतीमा एक प्रतिशत कायम गरेका हौं ।’
सचिव खनालका अनुसार हिरा मोतीमा एक प्रतिशत मात्रै भन्सार महसुल लगाउँदा पनि त्यो ठुलो रकम हुन्छ, यसलाई ८० प्रतिशत महसुल लगाईयो भने आयात नै ठप्प हुन्छ र अबैधबाटोबाट आउने सम्भावना रहन्छ । मोटरसाईकलको माग बढिरहेको र मुल्य पनि थोरै पर्ने भएकाले पुरै अटोमोबाइलमा ८० प्रतिशत भन्सार दर तोकिएको उनले बताए ।
एम्बुलेन्स, कृषि सामग्री ओसार पसारका साधनमा भने भन्सार दर एक प्रतिशत कायम गरिएको सचिव खनालले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.