प्राधिकरणको सिइओमा ४ जनाको चर्चा, काँग्रेसले २ र एमालेले २ जना अघि सार्यो

  २०७२ साउन २५ गते १२:२६     विकासन्युज

काठमाडौं, २५ साउन । भूकम्प पछिको पुननिर्माणको लागि गठन गर्ने भनिएको पुननिर्माण प्राधिकरण गठन गर्न नसक्दा पुननिर्माण र नबनिर्माणका काम प्रभावित भएका छन् । राजनीतिक भागबण्डा मिल्न बाँकी रहेको कारण प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत (सिइओ) नियुक्तिमा ढिलाई भएको हो ।

स्रोतको अनुसार प्राधिकरणमा नेपाली काँग्रेस र एमालेले आफ्नो मान्छेलाई सिइओ बनाउन खोजेका कारण नियुक्ति प्रक्रिया ढिलाई भएको हो । प्राधिकरणको सिइओमा काँग्रेसले २ जना र एमालेले २ जना ब्यक्तिलाई अगाडि सारेका छन् ।

काग्रेसले प्राधिकरणको सिइओको लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गोविन्दराज पोखरेल वा सेना समायोजन समितिका संयोजक रहिसकेका बालानन्द शर्मामध्ये एक जनालाई सिइओ बनाउन प्रयास गरेको छ । उपाध्यक्ष डा. पोखरेलले पिडिएनए प्रतिवेदन बनाउदा राम्रो भूमिका निर्वाह र गरेको र शर्माले सेना समायोजन गर्दा प्रभावकारी भूमिका निर्वाह गरेको बुझाइ काँग्रेस बृत्तमा छ ।

पुननिर्माणको काम गर्नलाई सुरक्षा निकायसँग पनि समन्वय गर्नुपर्ने भएकोले शर्मालाई सिइओ बनाउनु उपयुक्त हुने विचार काँग्रेस बृत्तमा छ । उनी नेपाली सेनाका अवकासप्राप्त अधिकारी हुन् ।

यस्तै एमालेले पूर्व मूख्य सचिव तथा पूर्वगृहमन्त्री माधब घिमिरे वा पूर्व गभर्नर डा. युवराज खतिवडामध्ये एकजनालाई सिइओ बनाउनु पर्ने अडान लिएको छ । प्राधिकरणको सिइओ कुन पार्टी नजिकका ब्यक्तिलाई बनाउने भन्ने तय अझै नभएकोले ब्यक्ति को हुने भन्ने पनि तय भएको छैन ।

तर सत्ता साझेदार काँग्रेस र एमालेले चाढै नै सिइओ नियुक्त गरेर प्राधिकरण गठन गर्ने जानकारी दिएका छन् । गत विहिवारको मन्त्रिपरिषद बैठकपछि भौतिक पूर्वाधार तथा यातायात भन्त्री तथा नेपाली काँग्रेसका नेता विमलेन्द्र निधिले अबको मन्त्रिपरिषद बैठकले सिइओ नियुक्त गर्ने जानकारी दिएका थिए । यस्तै उद्योग मन्त्री तथा एमाले नेता महेश बस्नेतले पनि अव चाढै नै सिइओ नियुक्त भएर प्राधिकरणले पूर्णता पाउने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.