राहत वितरणमा अर्थमन्त्रीको दादागिरी, नुवाकोटमा एक अर्ब चार करोड निकासा हुँदा सिन्धुपाल्चोकमा ५६ करोड मात्रै

  २०७२ जेठ १२ गते १३:१९     विकासन्युज

विकासन्युज/काठमाडौँ ।

१२ जेठ । बैशाख १२ गते गएको महाभूकम्पपछिको राहत वितरणमा सरकारले चरम विभेद गरेको देखिएको छ । सरकारले सबै भन्दा बढि धनजनको क्षति भएको सिन्धुलाल्चोकमा भन्दा नुवाकोटमा दुई गुणा बढि रकम निकासा गरेको सार्वजनिक भएपछि सरकारी विभेदको पर्दा खुलेको हो ।

अर्थमन्त्री डा.रामशरण महतको गृह जिल्ला नुवाकोटमा उद्धार तथा राहतका लागि एक महिनामा एक अर्ब चार करोड निकासा भएको छ । तर सबै भन्दा बढि मानिविय तथा भौतिक क्षति पुगेको सिन्धुलाल्चोकमा भने जम्मा ५६ करोड ७१ लाख मात्रै निकासा भएको छ । महाभूकम्पमा परि सिन्धुपाल्चोकमा तीन हजार चार सय २४ जनाको मृत्यु भएको छ भने ६३ हजार आठ सय ८५ घर पुर्णरुपले ध्वस्त भएका छन् ।

एक हजार ५८ जनाको मृत्य र ५७ हजार नौ सय ४३ घर नष्ट भएको नुवाकोटमा भने सरकारले सिन्धुपाल्चोकको भन्दा झण्डै दुई गुणा बढि अर्थात एक अर्ब चार करोड ५९ लाख निकासा गरेको हो ।

महाभूकम्पले पारेको क्षतिको आधारमा नुवाकोट तीन नम्बरमा पर्छ । दोश्रो धेरै क्षतिको भएको जिल्लाका रुपमा रहेको काठमाडौंमा एक हजार दुई सय १६ जनाले ज्यान गुमाएका छन् भने ३६ हजार नौ सय ७३ घर ध्वस्त भएका छन् । सरकारले काठमाडौंका लागि भने एक महिनामा ३१ करोड तीन लाख मात्रै निकासा गरेको देखिन्छ ।

 

सरकारले एक महिनाभित्र निकासा गरेको पाँच अर्ब ५३ करोड १५ लाख रुपैंयाँमध्ये भूकम्प प्रभावित बिभिन्न १६ जिल्लामा चार अर्ब ३५ करोड ६६ लाख उपलब्ध गराएको छ ।
अर्थमन्त्री डा.रामशरण महतले आफ्नो हात जगन्नाथकै शैलीमा नुवाकोटमा धेरै रकम निकासा गरेका हुन् ।
जिल्लागत रकम निकासा

सरकारले हालसम्म रसुवामा १३ करोड आठ लाख, धादिङमा ३६ करोड ९७ लाख, काभ्रेमा २३ करोड ८७ लाख, सिन्धुलीमा १९ करोड ३४ लाख, ओखलढुङगामा १० करोड १८ लाख, रामेछापमा २२ करोड २४ लाख रुपैंयाँ निकासा गरेको देखिन्छ ।

rahat_bitaran_img

त्यस्तै गोरखामा २८ करोड सात लाख, दोलखामा ३५ करोड, मकवानपुरमा नौ करोड, काठमाडौंमा ३१ करोड तीन लाख, ललितपुरमा ११ करोड ७१ लाख, भक्तपुरमा १४ करोड ६७ लाख, लमजुङमा पाँच करोड ५५ लाख र तनहुँमा चार करोड चार लाख रुपैंयाँ निकासा गरिसकेको छ ।

यस्तो छ विदेशीले दिएको राहत सहयोग

rahat_help

One comment on "राहत वितरणमा अर्थमन्त्रीको दादागिरी, नुवाकोटमा एक अर्ब चार करोड निकासा हुँदा सिन्धुपाल्चोकमा ५६ करोड मात्रै"

  • Narayan Kaji Shrestha says:

    हैन डा. रामशरण महत यो देशको अर्थमन्त्री की नुवाकोटे अर्थमण्त्री ??? महाशयले जहिलेइ कखापाखा त गर्नुहुन्थ्यो नै तर अहिले देश को एस्तो अवस्था मा पशुले नगरने हर्कत जो गर्नु भको छ हाम्रो अर्थ मन्त्री जिले। अर्थमन्त्रिजिले आफ्नो निर्वाचन क्षेत्र मा जस्को घर कुनै क्षेती भएको छैन ता पनि उसको भाग स्वरुप ओढ्ने ओछ्याउने, भाडाबर्तन, ट्रिपाल, मसला चामल ५-७ बोरा घरघरमा भाग पुग्छ अनी उस्का निर्वाचन क्षेत्र इतर क जनता हरु चाँही भोकमरिले मर्न वाध्य भाईरहेक छन कती ठाउँ मा राज्य को उपस्थिती नै छैन। बरु वहाँलाई नुवाकोटे मुख्यमन्त्री बनाउदा कसो होला???????

    सानतिना लाई राहात दुरुपायोग गरे जेल नेल अनी जरिबना यो अर्थमन्त्त्री लाई कसले के गर्ने ???? एस्तो ताल ले उस्को निर्वाचन क्षेत्र इतर को जनतहरु को हालत के हुन्छ अब??? शुसिल कोइराला ले भाषान मा मात्र राहत लाई कुनै हालत म दुरुपायोग हुन दिन्न भनेर कुर्लेजस्तै काममा हुदोरहेछ र???? हिम्मत छ? अर्थमन्त्रिलाई करबाही गर्न????????????????????

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.