घरजग्गा व्यवसायले गति लिएन, ७७ कम्पनी कालोसूचिमा

  २०७२ वैशाख ३ गते १३:००     विकासन्युज

३ बैशाख । जग्गा विकास तथा आवास क्षेत्रमा काम गर्न स्थापना भएका ७७ भन्दा बढी कम्पनी बैंक वित्तीय संस्थाको कर्जा तिर्न नसकेर कर्जा सूचना केन्द्रको कालोसूचिमा परेका छन् । यति धेरै कम्पनी कालो सूचिमा पर्नुले घर जग्गा तथा आवास क्षेत्रको व्वसाय अझै पनि संकटमै गुज्रिरहेको पुष्टि गरेको छ ।appartment

कर्जा सूचना केन्द्रको तथ्यांक अनुसार ७७ कम्पनी विभिन्न बैंक वित्तीय संस्थाको कालोसूचिमा परेका छन् । यो तथ्यांक २०६७ साउनयताको हो । एक भन्दा बढी बैंक वित्तीय संस्थाबाट कर्जा लिएका कम्पनीहरु एकपटक भन्दा बढी पनि कालोसूचिमा परेको केन्द्रको तथ्यांकमा उल्लेख गरिएको छ ।

केन्द्रले कर्जा दिने बैंक तथा वित्तीय संस्थाको अनुरोध अनुसार सिडिएनडी हाउजिङ्गलाई कालोसूचिमा राखेको छ । सो हाउजिङ्गको संचालकमा चण्डि अमात्य र दमनवहादुर अमात्य रहेका छन् । यस्तै चर्चित युनिटी प्रकरणका ब्यक्तिहरु सहभागी भएको युनिटी लाइफ रियलस्टेट हाउजिङ्ग पनि कालोसूचिमा सूचिकृत छ । सो हाउजिङ्गको संचालकहरुमा विष्णुवहादुर क्षेत्री र काशीराम गुरुङ रहेका छन् ।

कुमारी विल्डर्स एण्ड डेभलपमेन्ट कम्पनी पनि कालोसूचीमा सुचिकृत छ । सो कम्पनीको संचालक रविन्द्रवहादुर सिंह हुन् । यस्तै किसोरकुमार थापा र शिला महर्जन संचालक रहेको शिलु हाउजिङ्ग एण्ड डेभलपर्स पनि केन्द्रको कालोसूचिमा परेको छ ।

केन्द्रले मोरङ हाउजिङ्ग एण्ड प्रोपर्टी डेभलपमेन्टलाई पनि कालोसूचिमा सुचिकृत गरेको छ । सो कम्पनीको संचालक कालु गुरुङ हुन् । यस्तै जितवहादुर दर्जी संचालक रहेको ओम चन्द्रविनायक हाउजिङ्ग पनि बैंक तथा वित्तीय संस्थाको कर्जा नतिरी कालोसूचि परेको छ । सुपा देउराली रियलस्टेट पनि कालोसूचिमा सुचिकृत छ । सो कम्पनीको संचालक मधुप्रसाद भुषाल हुन् ।

केन्द्रले भिलेज एण्ड टाउन हाउजिङ्ग डेभलपमेन्ट कम्पनीलाई पनि कालोसूचीमा राखेको छ । सो कम्पनीको संचालकहरुमा आत्मराम अर्याल, गजेन्द्रवहादुर हमाल, गणेशवहादुर हमाल, गणेशप्रसाद गौतम, प्रकाश हमाल, रिता नेपाल र टासी गुरुङ्ग रहेका छन् । मदनवहादुर कार्कीले संचालन गरेको मनोरम हाउजिङ्ग पनि केन्द्रको कालोसूचीमा परेको छ ।

बैंक तथा वित्तीय संस्थाको कर्जा नतिरेर कालोसूचीमा पर्ने अर्को कम्पनी सुभाष हाउजिङ्ग पनि हो । सो हाउजिङ्गको संचालक नानीराम केसी र राधा केसी छन् । यस्तै शंकरजंग गुरुङ्ग संचालक रहेको गुरुङ्ग रियलस्टेट, सुधिर बस्नेत संचालक रहेको कोहिनुर हिल हाउजिङ्ग, धिरेन्द्र प्रसाद प्रधान संचालक रहेको आयुषा डेभलपर्स र सुधिर बस्नेत नै संचालक रहेको ओरेन्टल विल्डर्स एण्ड डेभलपर्स पनि केन्द्रको कालोसूचीमा परेका छन् । बस्नेत र प्रधान दुबै जना ओरेन्टल ग्रुपसँग आवद्ध ब्यक्तिहरु हुन् ।

bikashnews.com

कक्षपति डेभलपर्स पनि कालोसूचीमा परिसकेको कम्पनी हो । सो कम्पनीका संचालकहरुमा सहदेब कक्षपति र संजय कक्षपति छन् । यस्तै महेशप्रसाद रिजाल र सरला रिजाल संचालक रहेको साम्बत डेभलपर्स पनि कालोसूचीमा सुचिकृत छ ।

रविन्द्रमान मल्लले संचालन गरेको द ल्याण्डमार्क अपार्टमेन्ट कालोसूचीमा परेको छ । यस्तै मिनर्भा मल्ल र रविन्द्रमान मल्ल संचालक रहेको ल्याण्डमार्क रियालिटी एण्ड होटल अपार्टमेन्ट पनि कालोसूचीमा परेको छ । रोवियस जिस्टार विल्डर्स एण्ड डेभलपर्स पनि कालोसूचीमा सुचिकृत छ । सो कम्पनीमा दयानिला तामाङ, ज्ञानवहादुर श्रेष्ठ, कुमार तामाङ, मिलिना श्रेष्ठ, रत्नादेबी श्रेष्ठ, सन्तोष तामाङ र सुमन श्रेष्ठ संचालक छन् ।

प्रचण्ड लामा र सीतादेबी लामा संचालक रहेको विश्व कन्ट्रक्सन एण्ड हाउजिङ्ग, देबेन्द्र खण्डका संचालक रहेको श्रेयस्कर हाउजिङ्ग, बेदबहादुर घर्ती संचालक रहेको नेत्रज्योति विल्डर्स र गोविन्द पन्थी संचालक रहेको श्रृष्टी विनायक हाउजिङ्ग पनि कालोसूचीमा सुचिकृत छ । यस्तै केन्द्रले लुम्बिनी इन्फ्रास्टक्चर डेभलपर्सलाई पनि कालोसूचीमा राखेको छ । सो कम्पनीमा दिलिपकुमार सुनुवार, मिना शुक्ला, निसा शुक्ला, पशुपतिनाथ शुक्ला र रामचन्द्र शुक्ला संचालक छन् ।

केन्द्रले जनम थापा संचालक रहेको अनलाङ्कर विल्डर्स, जुंगीलाल लोनिया संचालक रहेको गेटवे हाउजिङ्ग, युवराज उपाध्याय संचालक रहेको घराना हाउजिङ्ग, बीरवहादुर पुन मगर संचालक रहेको सत्यम विल्डर्स, गुन्जमणी भट्टराई संचालक रहेको तुरेश्वर नाथ हाउजिङ्ग र रामबहादुर थापा संचालक रहेको लक्ष्मीपति हाउजिङ्गलाई पनि कालोसूचीमा राखिएको छ ।

यस्तै सिके लक्ष्मी डेभलपर्सलाई पनि कालोसूचीमा राखिएको छ । सो कम्पनीको संचालक रामशरिवान यादब हुन् । मन्दिरादेबी ध्वजु र रघुराम वन्त संचालक रहेको अर्थ इन्फ्रास्टक्चर एण्ड डेपलपर्स पनि कालोसूचीमा परेको छ ।

यस्तै लोकमणी उपाध्याय संचालक रहेको रुरुकन्या हाउजिङ्ग, गोपालवहादुर नेपाली संचालक रहेको देबगोपाल हाउजिङ्ग, बेदुलाल न्यौपाने संचालक रहेको देब्यानी विल्डर्स, प्रकाश अर्याल संचालक रहेको भाग्यस्वरी हाउजिङ्ग, शेरवहादुर थापा संचालक रहेको आश्रय प्रोपर्टी विल्डर्स, गोविन्द प्रसाद पराजुली संचालक रहेको गोविन्द हाउजिङ्ग, कृष्ण प्रसाद पौडेल संचालक रहेको पौडेल हाउजिङ्ग, कमलराज अधिकारी संचालक रहेको अधिकारी हाउजिङ्ग, हरिचन्द्र केसी संचालक रहेको सुशोभना डेभलपर्स र बासुदेब खड्का संचालक रहेको विजयस्वरी आवास विकास कम्पनी पनि कालोसूचीमा परेका छन् ।
केन्द्रको कालोसूचीमा गौरब विल्डर्स एण्ड डेभलपर्स पनि परेको छ । सो कम्पनीको संचालकहरुमा अशोक प्रधान, बबिता राई, चित्रखर काफ्ले र गोपालकुमार सुनुवार रहेका छन् । यस्तै डण्डपाणी अर्याल संचालक रहेको सिर्सेनी जग्गा विकास कम्पनी र भगवतिलाल कक्षपति संचालक रहेको सोमी एण्ड सलिसा डेभलपर्स पनि कालोसूचीमा सुचिकृत छन् । श्याम डंगोल र सुरजबहादुर दाहाल संचालक रहेको सिर्जना ल्याण्ड डेभलपमेन्ट एण्ड हाजिङ्ग, शेषनारायण श्रेष्ठ संचालक रहेको एसएन डेभलपर्स, इश्वरवाबु श्रेष्ठ संचालक रहेको एनडिप डेभलपर्स, रोशनकृष्ण न्याछो र सविन श्रेष्ठ संचालक रहेको हिमालयाज एसोसिएटस् एण्ड हाउजिङ्ग र ज्ञानेन्द्र थापा मगर संचालक रहेको मुना हाउजिङ्ग एण्ड डेभलपमेन्ट कम्पनी पनि कालोसूचीमा सुचिकृत भैसकेका छन् ।

विकास डंगोल र निर्वाणलक्ष्मी श्रेष्ठ संचालक रहेको निर्वाण ल्याण्ड एण्ड हाउजिङ्ग कम्पनी, ज्योत्सना अधिकारी संचालक रहेको स्पेस हाउजिङ्ग, अग्नी एयर, मन्दिप थापा र मेनुका थापा संचालक रहेको आयुषा डेभलपर्स र राधाकृष्ण सुवेदी, संजय सुवेदी र शुद्धीबहादुर सुवेदी संचालक रहेको सुवेदी डेभलपर्स पनि कालोसुचीमा परेका छन् । यस्तै केशव पुरी संचालक रहेको पुरी हाउजिङ्ग एण्ड डेभलपर्स, देबेन्द्रप्रसाद ध्वजु र पार्वती ध्वजु संचालक रहेको वंगलामुखी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट तथा रमेश ढकाल, सहदेब कक्षपति, संजय कक्षपति र सरिता ढकाल संचालक रहेको सिगानचुरे प्रोपर्टी एण्ड ल्याण्ड डेभलपर्स पनि कालोसूचीमा सुचिकृत छन् ।

केन्द्रले गोपालचन्द्र बुढाथोकी संचालक रहेको भेनस हाउजिङ्ग एण्ड प्रोपर्टी डेभलपर्स, नरेन्द्रकुमार पौडेल संचालक रहेको शुभलक्ष्मी हाउजिङ्ग एण्ड डेभलपर्स, रमेश ढकाल संचालक रहेको सिंगापूर प्रोपर्टी एण्ड ल्याण्ड डेभलपर्स, चन्द्रकुमार कार्की र नारायणवहादुर कार्की संचालक रहेको महालक्ष्मी कन्सर्न विल्डर्स, मदनबहादुर गुरुङ र मानवहादुर मगर संचालक रहेको मदन एण्ड गुरुङ हाउजिङ्ग, धनवहादुर गुरुङ र पूर्णिमा गुरुङ संचालक रहेको रैना एसेट डेभलपर्स, रोशन खत्री संचालक रहेको नेपाल सुन्दर होम्स एण्ड डेभलपर्स, मधुसुदन सिलवाल र सुजा गिरी संचालक रहेको श्रीगणेश एमजी हाउजिङ्ग र रामकुमार भण्डारी संचालक रहेको सर्वदा आवास तथा जग्गा विकासलाई पनि कालोसूचीमा सुचिकृत गरिएको छ ।

कालोसूचीमा सुचिकृत कम्पनी र त्यसका संचालकहरुले आफूसँग भएको चल अचल सम्पति बैंक तथा वित्तीय संस्थाको कर्जा तिर्ने प्रयोजन बहेकमा बिक्री वितरण र नामसारी गर्न पाइदैन । बैंक तथा वित्तीय संस्थाले कर्जा प्रदान गर्दा कर्जाको सावा ब्याजको लागि चाहिने भन्दा बढी घरजग्गा धितो लिने भएकोले कर्जा सुचना केन्द्रको कालोसुचीमा परेपछि यस्ता ऋणीको सम्पत्ति पनि अप्ठेरोमा पर्ने गरेको छ । यसरी कालोसुचीमा सुचिकृत गरिसकेपछि सम्बन्धित बैंक तथा वित्तीय संस्थाहरुले लिलामी प्रक्रिया अगाडि बढाएर आफ्नो कर्जाको सावा ब्याज असुली प्रक्रिया अगाडि बढाउछन् । कालोसुचीमा सुचिकृत कम्पनी र ब्यक्ति गरी अर्बैं रुपैयाँ बराबरको सम्पत्ति ब्यक्तिको भोगचलनवाट बाहिरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.