छिन्ताओ ब्राण्डका चाइनिज बियर नेपालमा, उद्योग मन्त्रीले दिउँसै लगाए चुस्की

  २०७१ फागुन २६ गते १४:११     विकासन्युज

२६ फागुन र छिन्ताओ ब्राण्डको चाईनिज बियर नेपालमा भित्रिएको छ ।चिनियाँ बियर पारखीहरुका बीचमा लोकप्रिय छिन्ताओ बियरलाई लभ्लिी बेभरेज ट्रेडिङ प्राििल नेपालमा भित्र्याएको हो ।
मंगलबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै कम्पनीले उद्योग मन्त्री महेश बस्नेतको उपस्थितिमा नेपाली बजारमा छिन्ताओ बियर सार्वजनिक गरेको हो ।
सन १९०३ मा चीनमा सुरु भएको छिन्ताओ बियर अमेरिका, बेलायत, जर्मनी, तथा एसिया प्यासिफिक क्षेत्रका ८० भन्दा बढि मुलुकहरुमा निर्यात हुँदै आएको छ । उच्च गुणस्तरको कच्चा पदार्थ तथा स्प्रिङ वाटरको प्रयोगले बियरलाई उत्कृष्ठ बनाएको लभ्लि बेभरेजका प्रबन्ध निर्देशक निल ताम्रकारले बताए ।2008-12-24 23.05.18
बियरले आईएसओ ९००१र१४००१र२२००० र ओएचएसएएस१८००१ गुणस्तर चिन्ह प्राप्त गरेको छ ।
जर्मन प्रविधिमा निर्मित यो छिन्ताओ बियर विश्व नम्बर ६ मा पर्ने सर्वाधिक लोकप्रिय ब्राण्ड हो ।
नेपाली तथा नेपाल आउने विदेशी पर्यटकहरुलाई ध्यानमा राखी बियर नेपाली बजारमा उपलब्ध गराएको कम्पनीले जनाएको छ ।
३३० मिलिलिटरको क्यान बियर १७० रुपैंयाँ तथा ५०० मिलिलिटरको क्यान बियर २४१ रुपैंयाँमा उपलब्ध हुने लभ्लि बेभरेजका प्रबन्ध निर्देशक ताम्राकारले जानकारी दिए ।
उद्योग मन्त्री बस्नेतले दिउँसै लगाए चुस्कीMahesh_basnet_dringing bear
भक्तपुरका स्थानीय व्यापारी निल ताम्राकारले नेपाल भित्र्याएको छिन्ताओ बियर सार्वजनिक गर्न पुगेका उद्योग मन्त्री बस्नेतले मध्य दिनमा नै एक क्यान बियर पिएका थिए । औपचारिक कार्यक्रम सकिएपछिको अनौपचारिक सेसनमा मन्त्री बस्नेतले एक क्यान बियर खाएका हुन् ।
झण्डावाल गाडीमा दलबलसहित बियर सार्वजनिक गर्न एभरेष्ट होटल पुगेका मन्त्री बस्नेतले दिउँसै बियर चुस्की लगाउँदै फोटो सेसन समेत गर्न भ्याएका थिए ।
उनले बियर सार्वजनिक गर्दै छिन्ताओ बियर नेपालमै उत्पादन थाल्नु पर्ने धारणा राखेका थिए । चाईनिज बियरमा सगरमाथा मिसिनु पर्ने उनको धारणा थियो ।
कार्यक्रममा नेपाल चेम्बर अफ कमर्श तथा नेपाल–चीन चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठले चिनमा बियर भनेकै छिन्ताओ हो भन्ने छाप बसिसकेकाले नेपालमा पनि बजार विस्तारमा सहयोग पुग्ने बताएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.