क्यान महासंघलाई जोगाउन मेरो नेतृत्व आवश्यक छ

  २०७१ फागुन १५ गते १८:४९     विकासन्युज

२०५१ सालदेखि नेपालको सुचना प्रबिधीका क्षेत्रमा लागेका बिनोद ढकाल क्यानको वर्तमान कार्यसमितीम अध्यक्ष छन् । क्यानलाई महासंघ बनाउने अभियानको मुल नेतृत्व गरेका ढकाल क्यान महासंघको प्रथम साधारण सभाबाट अध्यक्ष बन्ने दौडमा छन् ।

क्यानको सचिव, महासचिव र उपाध्यक्ष हुँदै अध्यक्ष बनेका ढकाल महासंघको प्रथम अध्यक्ष बन्ने दौडमा सामेल भैरहेका बेला बिकासन्युज डटकमले गरेको कुराकानी ।

 

 
तपाइँको उम्मेदवारी केका लागि ?
म क्यान नेपालको वहालवाला अध्यक्ष हुँ । दशकौं देखि क्यानलाई महासंघ बनाउने अभियान जारी थियो । मेरो अथक प्रयास र नेतृत्वमा क्यान महासंघका रुपमा दर्ता भएको छ । अरुले बर्षाै प्रयास गर्दा पनि नसकेको काम मेरो प्रयासमा सम्पन्न भएको छ । क्यानको इतिहासमा र नेपालको आइसीटीको क्षेत्रमा यो नै अहिलेसम्मको सबै भन्दा ठुलो उपलब्धि हो । क्यानलाई महासंघ बनाउने काम लाग्दा लाग्दै अन्य महत्वपुर्ण कामहरु गर्न सकिएको थिएन् । अब महासंघको नेतृत्वमा बसेर ती कामहरु गर्ने सोच बनाएको छु । क्यानलाई मेरो खाँजो र मेरो योगदानको कदर पनि हुनु पर्छ । मैले अझै क्यानलाई धेरै योगदान दिन सक्छु त्यसैले पनि उम्मेदवार बनेको हुँ । मसँग क्यानलाई अझै गतिशितल र शसक्त बनाउने योजना छ ।
तपाईका एजेण्डाहरु के के हुन् ?
आईसीटी क्षेत्रलाई उद्योगका रुपमा बिकास गराउने, क्यानको छविलाई सुधार्ने, ऐन कानुनमा सापेक्ष परिवर्तनका लागि दबाव सञ्चालन गर्ने, क्यानका संगठनलाई चुस्त दुरुस्त बनाउने, नेपाललाई सुचना प्रबिधीको हाईवेमा अग्रसर गराउने अनि नेपाली आईसीटी विज्ञहरुलाई दक्ष बनाउने मेरा एजेण्डाहरु हुन् ।
जित्ने आधारहरु के के हुन् ?
मैले क्यानमा गरेको मेहनत र दिएको उपलब्धि नै मेरो जित्ने आधार हुन् । क्यानलाई महासंघ बनाएर ऐतिहासिक सफलता दिलाएको छु । यो मेरो र मेरो कार्यसमितीका साथीहरुको साथ, सहयोग र समर्थनको फल हो । यस बाहेक जिल्लाहरुबाट पनि राम्रो साथ पाईरहेको छु । काठमाडौंमा मेरो बिशेष पकड छ, क्यानको वर्तमान कार्यसमितीमा मेरो पक्षमा स्पष्ट बहुमत छ । क्यानलाई माया गर्नेहरुले, क्यानको हित चिताउनेहरुले बिनोद ढकाललाई अध्यक्ष बनाउँछन् ।

क्यान महासंघका लागि आगामी योजना के के छन् ?
हामी क्यानका लागि मरिमेटेर लागि पर्दै आएका छौं । जीवनको उर्जावान र महत्वपूर्ण समय क्यानकै लागि सुम्पिएका छौं । क्यानको उन्नती र प्रगतिमा नै सिंगो मुलुक र मेरो व्यक्तिगत जिवनले पनि सार्थकता पाउने छ । क्यानलाई शसक्त बनाउने, नेपालको आईसीटी क्षेत्रको बिकास, विस्तार र प्रवद्र्धन गर्ने, जनताका पहुँचमा आईसीटी पु¥याउने योजना छन् । ति सबै योजनालाई कार्यान्वयन गर्नका लागि अध्यक्षमा विजयी हुनु आवश्यक छ । क्यानको सुनौलो भविष्यका लागि मेरो समुहलाई सहयोग गर्न सबैलाई आग्रह गर्दछु ।
तपाईँले फर्जि मत मार्फत क्यान कब्जा गर्न खोजेको आरोप छ नी ?
त्यो त आरोपका लागि आरोप मात्रै हो । सदस्यको टुङगो लगाउने समितीमा उहाँहरुको पनि संलग्नता छ । उहाँहरुको सहमति बिना कुनै पनि काम अघि बढाएको छैन् । सदस्यताको टुङगो पनि दुबै समुहले मिलेर गरेका हौं अनि कसरी फर्जिको कुरा आउँछ । त्यो त बिरोध गर्ने बहाना मात्रै हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.