नेपाल बैंकको सीइओमा सात जनाको भिडन्त, अन्तिम निर्णय अर्काे साता

  २०७१ फागुन १३ गते १६:४९     विकासन्युज

१३ फागुन । नेपाल बैंकको प्रमुख कार्यकारी अधिकृत पदमा सात जनाले प्रधिस्पर्धा गरिरहेका छन । बैंकमा निजी क्षेत्रका बैंकका पूर्व प्रमुख कार्यकारी अधिकृतदेखि त्यही कार्यरत उच्च स्तरका कर्मचारीले आवेदन दिएका छन् ।

प्रमुख कार्यकारी अधिकृतको लागि आवेदन दिनेमा अनलराज भट्टराई, कुमार लम्साल, कुलराज चालिसे, देवेन्द्र प्रताप शाह, समिर दाहाल, छविराज पन्त र रघुनाथ खनाल छन् । यो पदको लागि  फागुन १० गतेसम्म आवेदन खुला थियो ।
यो पदको लागि आवेदन दिएका देवेन्द्र प्रताप शाह अर्थमन्त्री डा. रामशरण महतका खास मान्छे हुन्। उनले बीमा समितिको अध्यक्ष र कृषि बिकास बैंकको महाप्रबन्धकको अनुभव संगालिसकेका छन् । यी दुवै संस्थाको जिम्मेवारी उनले अथमन्त्री महतकै कारण पाएका थिए । उमेरले सबैभन्दा पाका  शाह आधुनिक बैंकिङ प्रणालीमा अभ्यस्त छैनन्  ।

अर्का आवेदक अनलराज भट्टराईको बैंकिङ करिअरको शुरुवात नै नेपाल बैंकबाट भएको थियो । बैंकमा प्रथम श्रेणीबाट प्रवेश गरेका भट्टराईले विशिष्ट श्रेणीबाट राजिनामा दिएका थिए । उनले त्यहा पाँच बर्ष मात्र काम गरेका थिए । भट्टराई सानिमा बिकास बैंक, सिनर्जी डेभलपमेन्ट बैंक र कमर्श एण्ड ट्रष्ट बैंकका संस्थापक प्रमुख कार्यकारी अधिकृत हुन्।

कुमार लम्साल पनि विभिन्न वाणिज्य बैंकमा प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हालिसकेका व्यक्ति हुन् । यसअघि प्रभु बैंकमा र त्यसभन्दा अघि सानिमा बैंकमा उनी सीइओ थिए ।
छविराज पन्त हाल नेपाल एसबीआई बैंकको प्रमुख जोखिम अधिकृतको रुपमा कार्यरत छन् ।

कुलराज चालिसे नेपाल बैंकका पूर्वकर्मचारी हुन् । बरिष्ठ प्रबन्धकको जिम्मेवारीमा रहेका उनले चार वर्षअघि पदबाट राजिनामा दिएका थिए ।
समिर दाहाल सिटिजन्स बैंकमा प्रमुख वित्त अधिकृतको रुपमा कार्यरत छन्। उनी चार्टर्ड एकाउटेन्ट पनि हुन् । उनले यसअघि भने हिमालयन बैैंकमा आन्तरिक लेखा परिपक्षण तथा अनुगमन शाखामा रहेका काम गरेका थिए ।
रघुनाथ खनाल भने हाल नेपाल बैंकमै कार्यरत छ । उनी त्यहाका  उपमहाप्रबन्धक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.