गर्भनर सिफासिर समितिमा अर्थमन्त्रीका सम्धी र साढूदाइ

  २०७१ फागुन १२ गते २१:२८     विकासन्युज

१२ फागुन । सरकारले नयाँ गभर्नर नियुक्तिको लागि एउटा पारिवारिक सिफारिस समिति गठन गरेको छ ।
सिफारिस समितिको संयोजकमा अर्थमन्त्री डां रामशरण महत रहेका छन् । अन्य दुई सदस्यमा मन्त्रीका सम्धी र साढुदाज्यू रहेका छन् ।
समितिका सदस्य पूर्व गभर्नर हिमालयशमसेर राणा अर्थमन्त्रीका सम्धी हुन् । अर्का सदस्या राष्ट्र बैंकका पूर्व सञ्चालक प्रा.डा. पाथिर्वेश्वर तिमिल्सिना डा. महतका साढुदाज्यू भएको स्रोतले बतायो ।
समितिका तिनै जना घनिष्ट सम्बन्ध रहेका पारिवारिक सदस्य हुन् । विभिन्न क्षेत्रमा सफलता हासिल गरेको ती पात्रबीच महत्वपूर्ण चाडपर्वमा समेत भेटघाट र आर्शिवाद आदानप्रधान हुँदै आएको छ ।
डा रामशरण महतका छोराले सागरबहादुर पाँडेका छोरी विवाह गरेका छन् । सागर पाँडे नेपाल इन्भेष्टभेन्ट बैंकको अध्यक्ष पृथ्वीबहादुर पाँडेका आफ्नै दाजु हुन् । दाजु सागर पाँडे माओवादी युद्धको क्रममा मारिएपछि सागरकी छोरीलाई भाई पृथ्वीले हुर्काएका थिए । ती कन्यालाई महतको छोरासँग विवाह गराउने सबै चाँजोपाँजो मिलाउने काम पृथ्वीवहादुरले नै गरेका थिए ।
पाँडे सिफासिर समितिमा रहेका सदस्य तथा पूर्व गभर्नर हिमालय शमशरे राणाका ज्वाई हुन् । यसरी डा महत र राणाबीच सम्धीको सम्वन्ध जोडिएको छ ।
त्यस्तै समितिका अर्का सदस्या प्रा.डा पार्थिवेश्वर तिमल्सिना डा रामशरण महतको साढूदाज्यू हुन् । डा महतकी जेठी सासुसँग डा तिमल्सिनाले विवाह गरेका हुन् । पहिलो श्रीमतीको निधत भएपछि डा तिमल्सिनाले दोस्रो विवाह गरेको स्रोतले जानकारी दियो ।
प्रा.डा. तिमल्सिना एमाले निकट अर्थविद् हुन् । एमाले भएपनि डा महतको पारिवारिक सम्वन्ध भएकाले गभर्नर छनौटको समिति छानिएको स्रोतको दावी छ ।
डा महतले आफू अनुकुल व्यक्तिलाई गभर्नरमा सिफारिस गर्न बातावरण अनुकूल बनाउँदै यस्तो समिति बनाएको विश्लेषण गरिएको छ । समितिले बाहालवाला डेपुटी गभर्नरसहित तीन जनाको नाम सिफासिर गर्ने छ ।
वर्तमान गर्भनर डा युवराज खतिवाडाको कार्यकाल आगामी चैत ५ गतेदेखि सकिदैछ । त्यसअघि नै सरकारले नयाँ गभर्नर नियुक्त गर्नुपर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.