ओबामाको सुरक्षामा भारतको पाँच सर्तकता, ओबामाकै लागि होटलको ४३८ कोठा बुक

  २०७१ माघ ११ गते १७:१५     विकासन्युज

भारतको तीन दिने भ्रमणमा रहेका अमेरिकी राष्ट्रपती बाराक ओबामाको सुरक्षाको लागि भारतले पाँच सर्तकता पद्धती अपनाएको छ ।
१५००० हजार सुरक्षा क्यामेरा
रिपोर्टहरुको अनुसार भारतको राजधानी दिल्लीमा ओबामाको सुरक्षाको लागि करिब १५ हजार सेक्युरिटी क्यामेरा जडान गरिएको छ । सामेवार भारतले मनाउन लागेको ६६ औं गणतन्त्र दिवसमा उपस्थिती जनाउन आएका अमेरिकी राष्ट्रपती ओबामाले सैनिक परेड हेर्ने स्थल (राजपथ) मा मात्रै एक सय ६५ क्यामेरा जडान गरेको छ ।
४३८ कोठा बुक
दिल्लीको एक मुख्य होटल द मौरिया सेराटनमा रहेका ४३८ कोठा नै बाराक ओबामा र उनको दलको लागि भनेर बुक गरिएको छ । अन्य बाहिरी आगन्तुकलाई होटेलमा प्रवेश निषेध गरिएको छ ।
सन् २०१० मा ओबामा आउदा पनि यही होटलमा उनलाई राखिएको थियो । ओबामाअघिका राष्ट्रपती जर्ज डब्लु बुस देखि बिल क्लिनटन समेतले यो होटलमा बास बसिसकेका छन । ओबामाका सुरक्षार्थ उनीसंग आएका सुरक्षकर्मीले नै होटलको डोकाका ह्याण्डिल लगायतको सुरक्षा जाँच गरिसकेका छन ।
द बिस्ट्
नेपालको भ्रमणको क्रममा मोदीले आफै देशबाट आफ्नो सवारीको व्यवस्था गरेजस्तै ओबामाले पनि त्यस्तो व्यवस्था गरेका छन । उनको लागि आफ्नै गाडी जसलाई बिस्ट् भन्निछ, भारत आइपुगेको छ ।
परम्परा अनुसार गणतन्त्र दिवसका मुख्य अतिथी भारतीय प्रधानमन्त्रीसंगै उनको गाडीमा सैनिक परेड हुने स्थानसम्म जाने चलन छ । तर ओबामा भने बिस्ट्मै चढेर त्यो स्थानसम्म जाने बुझिएको छ ।
उडान निषेध एरिया बढाइयो
यसअघिको गणतन्त्र दिवसमा दिल्ली आसपासको ३०० किलोमिटर क्षेत्रलाई उडान निषेधित क्षेत्र घोषणा गरेकोमा यसपटक यो क्षेत्र वृद्धि गरिएको छ । यस पटक यस्तो क्षेत्र ४०० किमि तोकिएको छ । यसको अर्थ दिल्ली, जयपुर र आग्रा कतैपनि बिमान उडान भर्ने वा अवतरण गर्न पाइने छैन ।
कुकर परिचालन
करिब दुई दर्जन तालिम प्राप्त कुकुरहरु ओबामा भारत आउनु अघि नै अमेरिकाबाट ल्याइएका थिए । यी चारखुट्टे अफिसर्स (फोर लेग्ड अफिसर्स) को बासको व्यवस्था पनि पाँच तारे होटलमा उनीहरुलाई डोर्याउने सैनिकहरुसंगै रहने छन । हरिकेन, जोर्डन, रक, फेडरिक लगायतका यी कुकुरहरु बिभिन्न सैनिक ओहदाका हुन् ।
यी कुकुरहरु प्रतिघण्टा ४०,५० माइल सम्म दौडन सक्ने क्षमता राख्छन । प्रज्जवलनशील बिष्फोटकको निकै सुक्ष्म किसिमको गन्ध समेत यी कुकुरहरुल पत्ता लगाउँन सक्छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.