माघ १० देखि २ साताका लागि मध्यमस्र्याङ्दी बन्द हुदै, लोडसेडिङ बढ्ने

  २०७१ माघ ७ गते १८:५६     विकासन्युज

७ माघ । लमजुङस्थित ७० मेगावाट क्षमताको मध्यमस्र्याङ्दी जलविद्युत केन्द्र मर्मतका लागि माघ १० गतेदेखि २ साता बन्द गरिने भएको छ । आयोजनाको बाँध क्षेत्रदेखि विद्युत गृहसम्मका सबै जडित संरचनाहरु बालुवाका कारण धवस्त भई विद्युत उत्पादनमा समस्या आएपछि यसपटक २ सातासम्म आयोजना नै बन्द गरी बृहत मर्मत गरिने भएको हो ।
आयोजनाको नियमित मर्मतका लागि प्राधिकरणले फागुन चैतमा मिति तोक्ने गरिएपनि अहिले बाँधक्षेत्रमा अत्याधिक मात्रामा बालुवा जमेकोले त्यसलाईल निकाल्न आयोजनाबाट विद्युत उत्पादन नै बन्द गरी मर्मत गर्न लागिएको केन्द्रका प्रमुख राजेश कुमार पाण्डेले बताए । आयोजनाको इन्टेकमा रहेको सर्फिङ गेटको मर्मत गर्नुपर्ने, इन्टेकमा थुप्रिएको बालुवालाई फाल्नुपर्ने भएकोले २ सातासम्म पुरै विद्युत उत्पादन बन्द गर्नुपर्ने मध्यमस्र्याङेदी केन्द्रले जनाएको छ ।

निरज अधिकारी/लमजुङ

निरज अधिकारी/लमजुङ

सडक निर्माणको साथै मस्र्याङ्दी नदिका माथिल्लो भेगमा निर्माण भइरहेका जलविद्युत आयोजनाका कारण निस्किएका ढुंगामाटोले आयोजनाको संरचनामा धक्का पुग्ने गरेको केन्द्रको ठम्याई रहेको छ । पानीको बहावमा आधारित रहेको आयोजना भएपनि पानी बस्नुपर्ने स्थानमा अत्याधिक बालुवा जम्मा भएपछि यसले विद्युत गृहको टर्वाइन तथा अन्य भागहरुमा गम्भिर असर पारेको केन्द्रले जनाएको छ । हरेक बर्ष परियोजनाको बाँधस्थल सफा गर्दापनि बाँधस्थलमा ५ हजार ‘पिपिएम’ बालुवा हुनुपर्नेमा गत बर्ष २१ हजार ‘पिपिएम’ र यसबर्ष १० हजार ‘पिपिएम’ भन्दा बढि बालुवा जम्मा हुन पुगेको छ ।
आयोजनाको बा“ध स्थलमा रहेको ‘रोलर बकेट’, ‘अपस्टिम रिपर्याप”, वालुवा थिग्राउने पोखरीको ‘डिसेन्डिङ फेरी’, वालुवा थिग्राएर फाल्ने ‘ङ्खलसिङ टनेल’ Ôेत्र, विद्युत उत्पादन गृहमा टर्बाइनको ‘रनर’ जस्ता संरचना बालुवाका कारण जीर्ण बन्दै गएको केन्द्रले जनाएको छ । बा“धस्थल वरपर भू–भागमा बाढीको कटान, निर्मित संरचना भत्किने, स्वचालित ‘अपरेटिङ सिस्टम’ बन्द हुने जस्ता समस्या आएको बताइएको छ । अनावश्यक पानी सुरुङमा नपठाई नदीकै बहावमा फ्या“क्ने तीनवटा बाटो ‘रोलर बकेट’ Ôेत्रमा ढलान फुटेर रड बाहिर निस्किएको, भित्तामा चिरा परेको, प्लास्टर उप्किएको, फलामे लिगमा खिया लागेर जीर्ण बन्दै गएको छ ।
गतबर्ष बाँधस्थलमा जम्मा भएको बालुवाले आयोजनाको बा“ध क्षेत्रमा रहेको सर्भिस गेट र लेफ्ट बैंकको रिप¥याप तथा बिद्युत गृहमा रहेका इलेक्ट्रोमेकानिकल अन्तर्गतका टर्बाइन, जेनेरेटर, ट्रान्सफर्मर, गाइडभेन, बटम रिङ लगायतका मेकानिकल पार्टस्हरु बिग्रिएपछि मोटो रकम खर्चेर मर्मत गरिएको थियो । परियोजनाको बाँधस्थल हुदै विद्युत गृहमा पुगेको बालुवाले परियोजनाको महत्वपूर्ण पार्टसहरु ध्वस्त पारेपछि नेपाल विद्युत प्राधिकरणले बार्षिक रुपमा ४० देखि ५० लाख रुपैयाँ खर्च गरी मर्मत गर्दै आएको छ । यसरी प्राधिकरणले हरेक बर्ष यतिका रकम खर्च गरी मर्मत गर्छ तर त्यो एक बर्षपनि नटिक्ने बताइएको छ । नदिमा पानीको बहाव कम भएपछि ३५÷३५ मेगावाट क्षमताको २ वटा टर्बाइन जडित यस आयोजनाबाट अहिले ४० मेगावाट मात्रै विद्युत उत्पादन भएको छ । प्राधिकरणका अनुसार मध्यमस्र्याङ्दी बन्द भएपछि दैनिक एक घण्टा लोडसेढ्ङि बढ्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.