गोर्खा विकास बैंक सुधार मोडल,समस्याग्रस्त अन्य वित्तीय संस्थामा पनि

  २०७१ माघ ६ गते १०:१६     विकासन्युज

६ माघ । समस्याग्रस्त घोषणापछि नेपाल विकास बैंक, सम्झना फाइनान्स, युनाइटेड विकास, क्रिष्टल फाइनान्स, हिमालय फाइनान्स, खारेजी नै भए । कुवेर मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सलाई खारेजीमा लैजाने तयारी भएको केही समयअघि राष्ट्र बैंकले बताएको थियो । खारेजी भएका कुनै पनि वित्तीय संस्थामा निक्षेपकर्ताको सावा गुमेको छैन । तर सेयरधनीको लगानी गुम्दै आएको छ ।
अब राष्ट्र बैंकले सेयरधनीको पनि लगानी सुरक्षीत गर्ने र कुनै पनि वित्तीय संस्था खारेजी गर्नु नपर्ने विकल्प खोज्दैछ । गोर्खा विकास बैंकमा यो मोडेल विकास गरिदैछ र अन्य समस्याग्रस्त वित्तीय संस्थामा यस मोडललाई अपनाईदैछ ।
‘हामीले गोर्खा विकास बैंकको चुक्तापूँजी ३० प्रतिशतमा झारेर मर्जरमा जान भनेका छौं, मर्जर प्रक्रियाको लागि कुराकानी भइरहेको बुझेका छौं,’ राष्ट्र बैंकका डेपुटी गभर्नर महाप्रसाद अधिकारीले भने । २०६७ चैतमा समस्याग्रस्त घोषणा भएको गोर्खा विकास बैंकको सञ्चालन राष्ट्र बैंकबाट गएको समूहले समेत गरेको थियो । गोर्खा विकास बैंकको डयु डेलिजेन्स अडिट रिपोर्ट अनुसार चुक्तापूँजी ३० प्रतिशतले झारेर १९ करोड ८३ लाख रुपैयाँ कायम गरिएको छ । यसअघि बैंकको चुक्तापूँजी ६६ करोड आठ लाख रुपैयाँ रहेको थियो ।
अहिले चुक्ता पुँजी घटाए पनि संस्था मर्ज गरेर सेयरधनीको लगानी बताउन सकिने राष्ट्र बैंकको भनाई छ । निक्षेपकर्ताको बचतको रक्षा गर्न तथा लगानीकर्ताको लगानी नडुबोस भन्ने उदेश्यले राष्ट्र बैंकले नयाँ तरिका अवलम्बन गरेको हो ।
२०६७ चैतमा गोर्खा विकास बैंक समस्याग्रस्त घोषणा भयो । प्रोफेशन टिम आएर चलाए, सफल भएन । बैंककै नयाँ सञ्चालक समिति आए, नयाँ व्यवस्थापन आए, चलाए । उनीहरु पनि असफल भए । त्यसपछि धेरैले अनुमान गरेका थिए, गोर्खा विकास बैंक पनि नेपाल विकास बैंक झै खारेजी हुनेछ ।
तर अहिले यो बैंक खारेजी नहुने, अरु कुनै बैंकले यसलाई खरिद गर्ने वा राम्रो संस्थामा मर्ज हुने बाटोमा छ । यो बैंकको सञ्चालन राष्ट्र बैंकको डेपुटी डाईरेक्टर विषरुट थापा नेतृत्वमा भईरहेको छ ।
यो बैंक सुधारको क्रममा नयाँ मोडेल सिर्जना गरिदैछ । समस्याग्रस्त घोषणाा गरिदा बैंकको चुक्तापूँजी ६६ करोड आठ लाख रुपैयाँ रहेको थियो । अहिले चुक्तापूँजी ७० प्रतिशतले झारेर १९ करोड ८३ लाख रुपैयाँ कायम गरिएको छ । राष्ट्र बैंकले गराएको डयु डेलिजेन्स अडिट रिपोर्टका आधारमा चुक्ता पुँजीलाई न्युन मूल्याङकन गरिएको हो ।
‘हामीले गोर्खा बिकास बैंकको चुक्तापूँजी ३० प्रतिशतमा झारेर मर्जरमा जान भनेका छौं, मर्जर प्रक्रियाको लागि कुराकानी भइरहेको बुझेका छौं,’ राष्ट्र बैंकका डेपुटी गभर्नर महाप्रसाद अधिकारी देशविकासलाई भने । निक्षेपकर्ताको बचतको रक्षा गर्न तथा लगानीकर्ताको लगानी नडुबोस भन्ने उदेश्यले राष्ट्र बैंकले नयाँ तरिका अवलम्बन गरेको उनको भनाई छ ।
पूँजी कटौती (हेयर कट) पछि मर्जरमा लैजाने गोर्खा विकास बैंकको जस्तै अभ्यास अन्य समस्याग्रस्त वित्तीय संस्थामा लागू गर्न राष्ट्र बैंकले गृहकार्य गर्दैछ । समस्याग्रस्त घोषणा गरिएका नेपाल सेयर मार्केट्स एण्ड फाइनान्स, क्यापिटल मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स, वल्र्ड मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स र जनरल फाइनान्सलाई पनि यहि मोडलमा सुधार गर्ने तयारी भईरहेको बताईएको छ । यसरी पुनः सञ्चालनमा ल्याउन नसकेको अवस्थामा मात्र संस्था खारेजी गरिने भएको छ ।
२०६९ माघ ९ गते समस्याग्रत घोषणा गरिएको क्यापिटल मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स सुधारको चरणमा रहेको छ । त्यस्तै २०६८ माघमा समस्याग्रस्त घोषणा भएको नेपाल सेयर मार्केट्स एण्ड फाइनान्सको गत बर्ष माघबाट राष्ट्र बैंक आफैले व्यवस्थापन सम्हाली रहेको छ । यो कम्पनी पनि सुधारको क्रममा रहेको छ ।
२०७० सालमा समस्याग्रस्त घोषणा भएका जनरल फाइनान्स र वल्र्ड मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स अहिले सुधारकै चरणमा रहेको छ । राष्ट्र बैंकले यो नयाँ रणनीति अपनाउनु अगाडी भने ५ संस्थालाई खारेजीमा पठाइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.