अधिकांश बैंकको कर्जा थोक तथा खुद्रा ब्यापारमै केन्द्रीत, (कुन बैंकको कति ? सुचीसहित)

  २०७१ माघ २ गते ९:२७     विकासन्युज

विकासन्युज/काठमाडौं
२ माघ । अधिकांश वाणिज्य बैंकहरुको कर्जा तथा लगानी थोक तथा खुद्रा ब्यापारमै केन्द्रित भएको पाइएको छ । बैंकहरुको असोज मसान्तसम्मको कर्जा लगानीको तथ्यांकले यस्तो देखाएको हो ।
नेपाल बैंकले असोज मसान्तसम्ममा ४२ अर्ब १३ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । यसमध्ये सो बैंकले थोक र खुद्रा ब्यापारमा १० अर्ब ३५ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । नेपाल बैंकले थोक तथा खुद्रा ब्यापारमा गरेको लगानी कुल कर्जाको २४ दशमलब ५७ प्रतिशत हो ।
राष्ट्रिय बाणिज्य बैंकले पनि आफ्नो लगानीको प्रमुख हिस्सा थोक तथा खुद्रा ब्यापारमै केन्द्रीत गरेको छ । असोज मसान्तसम्मको तथ्यांक अनुसार सो बैंकले १८ अर्ब ६७ करोड रुपैयाँ यस्तो कर्जा प्रवाह गरेको छ । असोज मसान्तसम्ममा राष्ट्रिय बाणिज्य बैंकले ६० अर्ब ८६ करोड रुपैयाँ कर्जा लगानी गरेको थियो । सो बैंकले थोक तथा खुद्रा ब्यापारमा गरेको लगानी कुल कर्जाको ३० दशमलब ६८ प्रतिशत हो ।
नविल बैंकले थोक तथा खुद्रा ब्यापारमा १५ अर्ब ६६ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । उसले कुल कर्जा तथा लगानी भने ६१ अर्ब ७९ करोड रुपैयाँ गरेको छ । नविलले थोक तथा खुद्रा ब्यापारमा गरेको लगानी कुल कर्जाको २५ दशमलब ३४ प्रतिशत हुन आउछ ।
नेपाल इन्भेष्टमेन्ट बैंकले १३ अर्ब ५१ करोड रुपैयाँ थोक तथा खुद्रा ब्यापारमा कर्जा प्रवाह गरेको छ । इन्भेष्टमेन्ट बैंक ५९ अर्ब ८१ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । इन्भेष्टमेन्ट बैंकले थोक तथा खुद्रा ब्यापारमा गरेको कर्जा लगानी कुल कर्जाको २२ दशमलब ५९ प्रतिशत हुन आउछ ।
स्ट्याण्डर्ड चार्टर्ड बैंकले पनि आफ्नो लगानीको ठूलो हिस्सा थोक तथा खुद्रा ब्यापारमै लगानी गर्ने गरेको छ । बैंकले असोज मसान्तसम्ममा ५ अर्ब ९२ करोड रुपैयाँ यस्तो कर्जा लगानी गरेको छ । सो बैंकको कुल कर्जा २९ अर्ब ५५ करोड रुपैयाँ कर्जा तथा लगानी गरेको छ । सो अनुसार बैंकले थोक तथा खुद्रा ब्यापारमा गरेको कर्जा प्रवाह कुल कर्जा तथा लगानीको २० प्रतिशत हो ।
हिमालयन बैंकले असोज मसान्तसम्ममा ११ अर्ब ६१ करोड रुपैयाँ थोक तथा खुद्रा ब्यापारमा कर्जा प्रवाह गरेको छ । सो अवधिसम्ममा हिमालयनको कर्जा ५० अर्ब ५४ करोड रुपैयाँ थियो । यो अनुसार थोक तथा खुद्रा ब्यापारमा हिमालनले गरेको कर्जा प्रवाह कुल कर्जाको २२ दशमलब ९७ प्रतिशत हो ।
नेपाल एसबिआइ बैंकले ११ अर्ब ६५ करोड रुपैयाँ थोक तथा खुद्रा ब्यापारमा कर्जा प्रवाह गरेको छ । उसको कुल कर्जा ३७ अर्ब ६६ करोड रुपैयाँ छ । एसबिआइले थोक तथा खुद्रा ब्यापारमा गरेको कर्जा लगानी कुल कर्जाको ३० दशमलब ९३ प्रतिशत हो ।
एभरेष्ट बैंकले १३ अर्ब ९२ करोड रुपैयाँ थोक तथा खुद्रा ब्यापारमा कर्जा लगानी गरेको छ । सो बैंकको कुल कर्जा ५३ अर्ब ५५ करोड रुपैयाँ रहेको छ । यो तथ्यांक अनुसार बैंकले असोज मसान्तसम्ममा कुल कर्जाको २६ प्रतिशत कर्जा थोक तथा खुद्रा ब्यापारमा लगानी गरेको छ ।
कृषि विकास बैंकले थोक तथा खुद्रा ब्यापारमा १२ अर्ब ३५ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । उसको कुल कर्जा ६३ अर्ब ३५ करोड रुपैयाँ छ । कृषि विकास बैंकले कुल कर्जाको १९ दशमलब ४९ प्रतिशत थोक तथा खुद्रा ब्यापारमा प्रवाह गरेको छ ।
यस्तै ग्लोबल आइएमइ बैंकले १४ अर्ब ११ करोड रुपैयाँ थोक तथा खुद्रा ब्यापारमा कर्जा लगानी गरेको छ । सो बैंकको कुल कर्जा भने ४५ अर्ब ५३ करोड रुपैयाँ रहेको छ । ग्लोबल आइएमइ बैंकले कुल कर्जाको ३० दशमलब ९९ प्रतिशत थोक तथा खुद्रा ब्यापारमा लगानी गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.