बाजुरामा खाद्यान्नभन्दा तीनगुणा बढी मदिरा खपत

  २०७१ पुष ३० गते २०:०८     विकासन्युज

३० पुस । बाजुरा जिल्लाले बर्सेनि मदिरामा मात्र करिब रु १६ करोड खर्च गर्ने गरेको छ । मदिरामा हुने यो खर्च दैनिक प्रयोग गर्ने खाद्यान्नमा हुने भन्दा तीनगुणा बढी हो ।

नेपाल खाद्य संस्थान बाजुराका बिक्री केन्द्रमा आउने चामलको दरलाई हेर्ने हो भने मदिराभन्दा धेरैले कम अर्थात रु छ करोड ६८ लाख १५ हजार रकम मात्र खर्च हुने गरेको देखिन्छ ।

Tanahu-madira

स्थानीय तहमा उत्पादित मदिरा फाल्दै प्रहरी

पछिल्लो समयमा बाजुरामा मदिरा बिक्री वितरणका लागि उद्योग दर्ता गर्ने होडबाजीनै चलेको छ । यसले नगर र गाउँ विकास समितिलाई सिफारिस दिँदा आर्थिकरुपमा समेत फाइदा भइरहेको बडिमालिका नगरपालिकाका कार्यकारी अधिकृत शिद्धराज जोशीले बताउनुभयो ।

२०६६ साल जेठ महिनादेखि बाजुराबाट मदिरा बिक्रीको इजाजत दिएको कोष तथा लेखा नियन्त्रकको कार्यालयमा अहिलेसम्म ५१५ व्यवसायीले मदिरा बिक्रीको इजाजत लिएको तथ्याङ्क छ ।

कानुनीरुपमा मदिरा पसलले एकजनाले रु तीन लाख बराबरको कारोबार गर्न पाउने इजाजत लिएको कोष तथा लेखा नियन्त्रक कार्यालयका निमित्त कार्यालय प्रमुख श्रीप्रसाद शर्माले बताउनुभयो । उहाँका अनुसार जिल्लाबाट एकमुष्ट मदिरा खरिद गर्नमात्र वर्षमा रु १५ करोड ४२ लाख विभिन्न मदिरा कम्पनीलाई जाने गरेको छ ।

चालु आर्थिक वर्षको हालसम्म मात्रै ३१ पसलले मदिरा बिक्री वितरणको इजाजत लिएको घरेलु तथा साना उद्योग व्यवसायी समिति बाजुराका लेखापाल विक्रमबहादुर कटुवालले बताउनुभयो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.