अन्ततः माघ दुईबाट वाणिज्य बैंक कारोबारको लागि डिम्याट अनिवार्य गरिएन

  २०७१ पुष ३० गते १८:३०     विकासन्युज

३० पुस । अन्ततः माघ दुई गतेबाट बाणिज्य बैंकको सेयर कारोबारको लागि डिम्याट खाता अनिर्वाय नहुने भएको छ । बुधवार सीडीएस एण्ड क्लियरिङ लिमिटेडले डिम्याट खाता अनिवार्यको व्यवस्था हाललाई लागु नहुने प्रेस विज्ञप्तिमा उल्लेख गरेको छ ।
सीडीएससीले माघ दुई गतेबाट वाणिज्य बैंकको सेयर किन्ने र बेच्ने दुवैसंग डिम्याट गरिएको सेयर हुनुपर्ने व्यवस्था गरेको थियो । डिम्याट नभएका वाणिज्य बैंकको यो अवधिबाट कारोबार गर्न नसकिने भनिएपनि हाललाई यो व्यवस्था लागु नहुने भएको हो ।
नेपाल धितोपत्र बोर्डले सीडीएससीको प्रविधिमा समस्या नआउने सुनिश्चितता र डिम्याट सेयरको ठोस कार्यविधि खोजेपछि यो व्यवस्था तत्काललाई थाँती राखिएको हो ।
सीडीएससीको प्रविधि परिक्षण पछिको सुनिश्चितताको लागि भने कम्पनी, नेप्से र धितोपत्र बोर्डका प्रतिनिधि सहितको क्यापिटल मार्केट्स कोर्डिनेसन समिति गठन भएको छ । सफ्टवेयर निर्माता कम्पनीसंग प्रविधि सुनिश्चितताको बिषयमा पत्राचार गरिसकेको र जवाफ आउन बाँकी रहेको समेत सीडीएससीले उल्लेख गरेको छ ।
अब असोजमा भएको निर्णय अनुसार नै सेयर नामसारीमा पठाउदा भने सेयर किन्नेले  मात्र अनिपार्य रुपमा डिम्याट खाता खोल्नु पर्ने हुन्छ । यसरी किनेको करिब १४ दिनमा सेयर किन्नेको डिम्याट खातामा सेयर जम्मा हुन जान्छ ।
यो नयाँ व्यवस्था पछि सीडीएससीले यसअघि भने जस्तै आगामी बैसाखबाट सबै कम्पनीहरुको डिम्याट भएका सेयरको मात्र कारोबार हुने व्यवस्था पनि पछि धकेलिने देखिएको छ ।
यसअघि सीडीएससीले बनाएको कार्यविधीले चरणबद्ध रुपमा बिभिन्न समूहको डिम्याट सेयरको मात्र कारोबार शुरु गर्ने अवधि तोकेको थियो । कार्यविधि अनुसार माघ दुई गतेबाट वाणिज्य बैंकको सेयर किन्ने र बेच्ने दुवैसंग डिम्याट एकाउन्ट हुनु पर्ने व्यवस्था गरेको थियो । त्यस्तै, फागुन दुई गतेबाट बिकास बैंक, लघुवित्त र बीमा कम्पनीको लागि र आगामी बैसाख दुई गतेबाट वित्त कम्पनी, होटेल, जलविद्युत्, म्यानुफ्याक्चिरिङ र टे«डिङ समूहका कम्पनीको सेयर किन्न र बेच्न नै डिम्याट एकाउन्ट अनिवार्य गरिएको थियो ।
सीडीएससीले डिम्याट सेयरको धितोमा कर्जा दिन बैंकहरुलाई सहियोगी हुने कार्यविधि पनि बनिरहेको उल्लेख गरेको छ ।

 

यो पनि हेरौं

सीडीएससीको सफल सञ्चालनमा बोर्डलाई नै शंका, माग्यो सुनिश्चितता

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.