राष्ट्र बैंककै डेढ करोड खाएर भागे सहकारी

  २०७१ मंसिर १८ गते १०:१०     विकासन्युज

१८ मंसिर ।  ३८ सहकारी संस्थाका संचालक नेपाल राष्ट्र बैंककै डेढ करोड रुपैयाँ लिएर बेपत्ता भएका छन् । सर्वसाधारणको रकम लिएर बेपत्ता हुने सहकारी संस्थाका संचालकहरुले राष्ट्र बैंककै पैसा खाएर बेपत्ता भएका हुन् ।
राष्ट्र बैंकको लघुवित्त प्रबद्र्धन तथा सुपरीवेक्षण विभागवाट २०५३ सालदेखि २०६८ सालसम्म ऋण लिएका ३८ सहकारी संस्थाका संचालकहरु बेपत्ता भएका हुन् । उनीहरुले राष्ट्र बैंकको १ करोड ४१ लाख ९५ हजार रुपैयाँ ऋण लिएका थिए । सो ऋणको सावा ब्याज पनि भुक्तानी नगरेको र संस्थाका संचालकहरु सम्पर्कमा पनि नभएको राष्ट्र बैंकको भनाइ छ ।
यसरी ऋण खाएर बेपत्ता हुने सहकारी संस्थाहरु खोज्न राष्ट्र बैंकले सहकारी विभाग मार्फत डिभिजन सहकारी कार्यालयहरुलाई अनुरोध पनि गरेको छ । राष्ट्र बैंकले गत २८ कात्तिकमा पत्र पठाउदै आफूसँग ऋण लिएर बेपत्ता हुने सहकारी संस्थाको अवस्थावारे जानकारी माग गरेको हो ।
राष्ट्र बैंकले दिएको जानकारी अनुसार ऋण लिएर बेपत्ता हुने सहकारी संस्थाहरुमा सितागंज सुनसरीको प्रतिभा बचत तथा ऋण सहकारी, मालिका दैलेखको कालिकादेबी जनकल्याण बचत तथा ऋण सहकारी, नारेश्वर गोरखाको नारेश्वर बचत तथा ऋण सहकारी, र खुर्काेट पर्वतको खूर्काेट युवा क्लब बचत तथा ऋण सहकारी संस्था रहेका छन् ।
ऋण खाएर बेपत्ता हुने अन्य सहकारी संस्थाहरुमा समुन्द्रटार नुवाकोटको समुन्द्रेश्वरी महिला बचत तथा ऋण सहकारी, रालुकादेबी नुवाकोटको नवबुद्ध महिला बचत तथा ऋण सहकारी, राउतबेशी नुवाकोटको दुप्चेश्वरी महिला बचत तथा ऋण सहकारी, राउतवेशी नुवाकोटकै भुमिस्थान महिला बचत तथा ऋण सहकारी, महेन्द्रनगर कञ्चनपुरको कञ्चन बचत तथा ऋण सहकारी, गौरादह झापाको ग्रामीण विकास बचत तथा ऋण सहकारी, पिपलाडी कञ्चनपुरको नमुना बचत तथा ऋण सहकारी, जोशीपूर कैलालीको श्रृजनशील बचत तथा ऋण सहकारी, पर्सा चितवनको महिला बहुउदेश्यीय सहकारी, भारपा पाँचथरको पाथिभरा दुग्ध उत्पादक सहकारी र बागेश्वरी नुवाकोटको सूर्यगढी बहुउदेश्यीय सहकारी संस्था रहेका छन् ।
समयमै ऋण नतिर्ने अन्य सहकारी संस्थाहरुमा खादबारी संखुवासभाको अरुण बहुउदेश्यीय सहकारी, भण्डारा चितवनको सिकारा वहुमुखी सहकारी, बुखेल ललितपूरको प्रगतिशील बचत तथा ऋण सहकारी, नेटा लम्जुङको आदिवासी आयआर्जन बचत तथा ऋण सहकारी, बनेपा काभ्रेको बागमति बहुउदेश्यीय सहकारी, मेलम्ची सिन्धुपाल्चोकको जागेश्वरी नारी चेतना बचत तथा ऋण सहकारी, र रुपनगर सप्तरीको सगरमाथा बहुमुखी सहकारी संस्था रहेका छन् । अन्य सहकारी संस्थाहरुमा दुराडाडा लम्जुङको जनता दुग्ध उत्पादक सहकारी, गैडाकोट नवलपरासीको किसान बचत तथा ऋण, चारपाने झापाको सूर्योदय दुग्ध उत्पादक सहकारी, नयाँपाटी काठमाडौंको रेडियन्ट सेभिङ्ग एण्ड क्रेडिट सहकारी,थानसिंह नुवाकोटको सचेतना महिला विकास बचत तथा ऋण सहकारी, ताघ्रिङ लमजुङको कालिका आयआर्जन बचत तथा ऋण सहकारी, घोराही दाङको नवपालुवा बचत तथा ऋण सहकारी र सिम्पानी मकवानपुरको विश्वज्योति स्वावलम्बन बचत तथा ऋण सहकारी संस्था रहेका छन् ।
राष्ट्र बैंककै पैसा खाएर बेपत्ता हुने अन्य सहकारीहरुमा फोक्सिङ्गटार काभ्रेको डाडापारी बहुउदेश्यीय सहकारी, भुजहवा नवलपरासीको जनकल्याण आयआर्जन बचत तथा ऋण सहकारी, बन्दीपूर तनहूको तीनधारा बहुउदेश्यीय सहकारी, बुधवारे झापाको ओम शिव बचत तथा ऋण सहकारी र बेलुवा वर्दियाको नवप्रभात स्वावलम्बन कृषक बहुउदेश्यीय सहकारी संस्था रहेका छन् ।
यस्तै मुडली पर्साको न्यू जिबनज्योति बचत तथा ऋण सहकारी, बसेरी धादिङ्गको महालक्ष्मी कृषि बहुउदेश्यीय सहकारी, सिर्सिया पर्साको दलित उत्थान बचत तथा ऋण सहकारी र सुनावली जाजरकोटको सूर्य बचत तथा ऋण सहकारी संस्थाका संचालक पनि र पैसा खाएर बेपत्ता भएका राष्ट्र बैंकको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.