ज्योति समूह मोबाइल बिजनेसमा, स्पाईसको व्यापार डिसेम्बर अन्त्यदेखि

  २०७१ कार्तिक २१ गते ११:४५     विकासन्युज

२१ कात्तिक । मुलुुककै ठूला औद्योगिक घरानियामा पर्ने ज्योति समूहले मोबाइल बिजनेसमा हात हालेको छ । अहिलेसम्म आइरन स्टिल, गार्मेन्ट, तार, ग्याँसलगायतको उत्पादन तथा सवारी, इलेक्ट्रोनिक्स गुड्सहरुको व्यापार गर्दै आएको ज्योति ग्रुपले भारत र नेपालमा चर्चित ब्रान्डमा पर्ने स्पाईस मोबाइल बिक्री वितरण गर्ने भएको छ ।
ज्योति गुपअन्तर्गतको स्याकार टेडिङ कम्पनीले स्पाइस ब्रान्डको मोबाइल सेटको बिक्री वितरण गर्ने भएको छ । यस कम्पनीले नेपालमा होन्डा मोटर्स, मोटरसाइकल बिक्री गर्दै आएको छ । पछिल्लो समय मोबाइल फोन बिजनेस आकर्षक र नाफाको व्यवसाय भएकाले पनि ज्योति समूहले यो व्यवसायमा हात हालेको स्याकार टे«ेडिङका मोबाइल इम्पोर्टर अधिकृत सञ्जीव कर्माचार्यले जानकारी दिए ।
भारतमा निर्मित स्पाइस मोबाइल यसअघि विशाल ग्रुप र लक्की ग्रुपको टेलिटकले बिक्री वितरण गर्दै आएका थिए ।
स्याकार कम्पनीले डिसेम्बर महिनाको अन्त्यतिर स्पाइस मोबाइल बिक्री थाल्ने गरी तयारी गरिरेको छ । ज्योति समूहका निर्देशक सौरभ ज्योतिले मोबाइल बिजनेस पनि हेर्ने भएका छन् । तर चाँडै मोबाइल बिजनेसका लागि छुट्टै कम्पनी स्थापना हुनसक्ने कर्माचार्य बताउँछन् । ‘बिजनेस डाइभर्सिटीका लागि पनि ज्योति समूहले मोबाइल व्यवसायमा हात हालेको हो,’ कर्माचार्यले विकासन्युजलाई भने ।
मोवाईल अत्यावश्य बस्तुको साथै फेशनको रुपमा प्रयोग बढ्दै गएको छ । मोवाइल प्रयोग र बजारको विस्तार तिब्र गति वृद्धि हुँदै गएको समयमा ज्योति ग्रुप पनि मोबाइल बिजनेसतर्फ आकर्षित भएको हो ।
मोवाईल व्यापारमा नेपालका ठूला व्यवसायीक घराना गोल्छा ग्रुप, चौधरी ग्रुप, विशाल ग्रुप, लक्क ग्रुप, मुरारका ग्रुप लगायतले प्रतिस्प्रर्धा गरिरहेका छन् । नेपालमा संख्याको आधारमा नोकिया मोवाइल सबैभन्दा धेरै बिक्छ भने कारोबार रकमको आधारमा सामसुङ मोवाईल सबैभन्दा अगाडि छ ।Spice-S7000-New
स्पाइस मोबाइल बिक्रीका लागि स्याकार कम्पनीले नेपालभर वितरक संस्थाको आवश्यकता परेको जनाउँदै १५ दिनभित्र व्यक्ति, फर्म वा संस्थालाई आवेदन प्रस्ताव पठाउन सूचना जारी गरेको छ । कम्पनीले आवेदन प्रस्ताव पठाउँदा डिलरसिप माग गरिएको क्षेत्र, हाल गरिरहेको व्यवसाय वा आर्थिक अवस्थाको विवरण एवं बजार अध्ययन गरेको रिपोर्टसमेत समावेश गर्न आग्रह गरेको छ । स्याकारले आएका प्रस्तावमध्ये उपयुक्त लागेमा ती कम्पनी, फर्म या व्यक्तिलाई छनोट गर्ने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.