विवाद कानुनको, गठबन्धन चुनावको

  २०७१ भदौ २९ गते ११:११     विकासन्युज

२८ भदौं/नेपाल उद्योग वाणिज्य महासंघ भित्रको विवाद छरप्रस्ट रुपमा बाहिर आएको छ । गत चैतमा सम्पन्न निर्वाचनबाट निर्वाचित अध्यक्ष प्रदिपजंग पाण्डेको वैधानिकतामा विवाद गर्दै पाण्डेस“ग पराजित भाष्करराज राजकर्णिकारको प्यानलबाट विजयी भएका पदाधिकारी तथा सदस्यहरूले कार्यसमितिको बैठक बहिष्कार गरेका छन् ।

बहिस्कार गर्नेहरूले कानुनी विवादको विषय उठाए पनि बैठकमा भाग लिने र वहिष्कार गर्नेको अनुहार चारमहिना अघिको चुनावी प्यानलमा भएको विभाजनस“ग ठ्याक्के मेल खानेगरि भएको छ । असन्तुष्ट पक्ष कानुनी विवादको निराकरण अदालतबाट खोज्नुभन्दा दबाबबाट अध्यक्षको राजीनामा गराउने बाटोमा लागेको देखिएको छ ।
शुक्रबार धुलिखेलमा भएको महासंघको कार्यसमितिको बैठक वरिष्ठ उपाध्यक्ष पशुपति मुरारका, उपाध्यक्ष शेखर गोल्छासहित करिब १५ जना सदस्यहरू बैठकस्थल पुगेर बहिस्कार गरेका छन् । एउटा पक्षले बहिस्कार गरे पनि ३७ जनाको उपस्थितिमा कार्यसमितिले १५ बु“दे निर्णय सर्वसहमत निर्णय भएको अध्यक्ष प्रदिपजंङ पाण्डेले बताउए । ‘२६ जना उपस्थिति भएमा कोरम पुग्छ । ३७ जनाको उपस्थितिमा हामीले सर्वसहमतिमा समसामययिक निर्णय गरेका छौं’–शनिबार महासंघमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष पाण्डेले भने ।
धुलिखेलमा सम्पन्न कार्यसमितिको चौथो बैठकले अञ्जन श्रेष्ठ र कृष्णप्रसाद शर्मालाई कार्यकारिणी सदस्यमा मनोनयन गरेको थियो । मनोनीत दुवै सदस्यले शुक्रबार नै पद तथा गोपनीयताको शपथ ग्रहण गरी बैठकमा सहभागी भएका थिए । महासंघका अध्यक्ष प्रदिपजंग पाण्डेका अनुसार झन्डै ३ महिना अघिको निर्णयअनुसार धुलिखेलमा कार्यसमितिको बैठक बसेको र महासंघको विधान दफा ३४ अनुसार कार्यकारिणी समेत मानोनित गरिएको जानकारी दिए । बैंठकले विशिष्ठ सदस्यमा पूर्व अध्यक्ष चण्डीराज ढकाललाई मनोनयन गरेको छ भने पूर्व अध्यक्ष रविभक्त श्रेष्ठको सभापतित्वमा अनुशासन समिति गठन गर्ने निर्णय समेत गरेको छ । यसैगरी महासंघको विद्यमान विधानलाई संशोधन तथा परिमार्जन गर्न आवश्यक भएको हु“दा सो कार्यका लागि पूर्व अध्यक्ष ढकालकै संयोजकत्वमा विधान संसोधन सुझाव कार्यदल गठन गर्ने निर्णय गरेको छ । कार्यदलको सदस्य भने संयोजकको सिफारिसमा अध्यक्षले मनोनयन गर्नेछ ।
धुलिखेलमा बैंठकले हाल अध्यक्षको योग्यताको विषयमा देखिएको विवादको विषयमा पनि टुङ्गो लगाएको महासंघद्धारा जारी प्रेस विज्ञप्तीमा जनाईएको छ । ‘अध्यक्षलगायत कार्यसमितिको अन्य सदस्यहरूको योग्यताको प्रश्न उठेमा सोको निकास दिने एवं आवश्यकता अनुसार विधानको व्याख्या गर्ने पूर्ण अधिकार कार्यकारिणी समितिमा रहेको हु“दा आगामी दिनमा रितपूर्वक निर्वाचित अध्यक्षको बारेमा थप प्रश्न गरिरहनु नपर्ने निर्णय गरेको छ । साथै अध्यक्षको सम्बन्धमा हाल सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा सो विषयमा महासंघको कार्यक्रममा प्रश्न नउठाउन तथा प्रचार–प्रसार नगर्न सम्पूर्ण सदस्यलाई आब्हान गर्ने निर्णयसमेत गरेको छ । साथै, आगामी दिनमा महासंघको औपचारिक बैठकमा भागलिन आउ“दा औपचारिक रुपमा सहभागिता जनाएपछि मात्र बोल्न र बस्न पाइने व्यवस्था मिलाउने निर्णय समेत गरेको छ ।
महासंघले स्वदेश तथा विदेशमा हुने कुनै पनि कार्यक्रममा महासंघको पदाधिकारी तथा कार्यकारिणी सदस्यले सहभागिता जनाउ“दा सम्बन्धित व्यक्तिको खर्चमा जानुपर्ने संकल्प प्रस्ताव पारित गरेको छ । हाल निर्माण तथा संसोधनको क्रममा रहेको श्रम सम्बन्धी ऐनहरू, औद्योगिक ऐन, विषेश आर्थिक क्षेत्र ऐन, सार्वजनिक खरिद ऐनलगायत उद्योगस“ग सम्बन्धित विभिन्न ३३ वटा ऐन तर्जुमा तथा परिमार्जन गरी पुर्णता दिन सरकारस“ग माग गर्ने निर्णय गरेको छ । यसैगरी, व्यवसायीक फर्म दर्ता तथा नविकरण गर्दा महासंघको सिफारिस अनिवार्य गर्नका लागि सरकारस“ग माग गर्ने निर्णय गरेको छ ।
बैठक वहिस्कार गरेका बरिष्ठ उपाध्यक्ष पशुपति मुरारकाले महासंघको अध्यक्ष प्रदीपजंङ पाण्डे नभएकोले उनको नेतृत्वमा बसेको बैठक आफू लगायत धेरै साथीहरूले बैठकमा सहभागि नभएको बताए । ‘महासंघको विधान अनुसार अब उहा“लाई अध्यक्षको रुपमा स्वीकार गर्न सकिदैन । उहा“को अध्यक्षतामा बसेको बैठकमा म सहभागी हुन्न ।’ महासंघको अध्यक्षको लागि अब नया“ चुनाव हुनुपर्ने उनको भनाई छ ।
अध्यक्ष पाण्डेले अदालतको विचारधिन विषयलाई लिएर विवाद गर्न नहुने तर्क गरे । उनले आफू सबैलाई समेटेर जान उदर रुपमा प्रस्तुत भएको, सामूहिक निर्णय पद्धतिमा अभ्यास गरिरहेको, आफू अध्यक्षमा चुनिएको ४ महिनामा १७ पटक पदाधिकारी बैंठन वसेको छ, ४ पटक कार्यसमितिको बैंठक भैसकेको र विशेष महाधिबेशन सम्पन्न भएको बताए ।
बैद्यको असहमति
यता महासंघका निवर्तमान अध्यक्ष शुरज बैंद्यले भने महासंघको विधानको दफा ४४.१ र ४६.३ अनुसार अध्यक्ष पाण्डेले राजीनामा दिनुपर्ने माग गरेका छन् । बैद्यले शुक्रबार बेलुका महासंघमै एक्ले उपस्थिति भएर केही पत्रकारस“ग कुरा गर्दै ‘फैजदारी अभियोग लगायत विभिन्न ५ वटा कारणले गर्दा महासंघको अध्यक्ष लगायत अन्य सदस्यमा बस्न मिल्दैन ।’
उता संस्थापन पक्षले भने सार्क चेम्वर अफ कमर्शमा आफै अध्यक्ष हुने गरि गरिएको पूर्व निर्णय बदर गरिएपछि उनी प्रतिशोधमा उत्रेको दावी गरेको छ । महासंघको गत चैत ९ गते सम्पन्न बैठकले निर्वाचनको मिति घोषणास“गै चुनावको सम्बन्धमा अत्यावश्यक निर्णय बाहेक अन्य निर्णय नगर्ने भनेकोमा तत्कालिन अध्यक्ष बैद्यले चैत २२ गते आफूलाई सार्क चेम्बरको अध्यक्षमा प्रस्ताव गरेको हु“दा हाल त्यसलाई फिर्ता गर्न बाध्य भएको पाण्डेले जानकारी दिए । महासंघले पूर्व अध्यक्ष तथा सार्क चेम्बर अफ कमर्शका उपाध्यक्ष प्रदिपकुमार श्रेष्ठलाई अध्यक्षको सिफारिस गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.