स्टाण्डर्ड चार्टर्ड, इन्भेष्टमेन्ट र हिमालयनले १ अर्बको साधारण सेयर गर्नु पर्ने

  २०७१ भदौ २६ गते ९:५७     विकासन्युज

काठमाडौं, २६ भदौ । अहिले संचालमा रहेका तीन वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षभित्रमा नै सर्वसाधारणलाई करिब १ अर्ब रुपैयाँ बराबरको साधारण सेयर दिइसक्नु पर्ने भएको छ । स्टाण्डर्ड चार्टर्ड, नेपाल इन्भेष्टमेन्ट र हिमालयन बैंकले साधारण सेयर प्रदान गर्नुपर्ने भएको हो ।
नेपाल राष्ट्र बैंकले गरेको ब्यवस्था अनुसार सर्वसाधारणलाई ३० प्रतिशत सेयर प्रदान नगरका कारण उनीहरुले सेयर दिनुपर्ने भएको हो । राष्ट्र बैंकले चालु आर्थिक वर्ष भित्रै सर्वसाधारणलाई ३० प्रतिशत सेयर दिइसक्नु पर्ने बाध्यकारी व्वस्था गरेको छ ।
स्टाण्डर्ड चार्टर्ड बैंकले सर्वसाधारणलाई २२ दशमलब ९७ प्रतिशत मात्रै सेयर दिएको छ । राष्ट्र बैंकको नियम अनुसार उसले सर्वसाधारणको सेयर हिस्सा ३० प्रतिशत पु¥याउन ७ दशमलब ०३ प्रतिशत सेयर प्रदान गर्नुपर्ने हुन्छ । बैंकको अहिले चुक्ता पूजी २ अर्ब ४ करोड रुपैयाँ भएको कारण उसले सो परिमाणको साधारण सेयर प्रदान गर्दा पनि १४ करोड ३५ लाख रुपैयाँ बराबरको सेयर प्रदान गर्नुपर्ने हुन्छ ।
यस्तै नेपाल इन्भेष्टमेन्ट बैंकले ४१ करोड ४६ लाख रुपैयाँ बराबरको सेयर सर्वसाधारणलाई दिनुपर्ने भएको छ । इन्भेष्टमेन्टको चुक्ता पूजी ४ अर्ब १४ करोड रुपैयाँ भएको र उसकोमा सर्बसाधारणको सेयर हिस्सा २० प्रतिशत मात्रै भएकोले सो परिमाण बराबरको सेयर दिनुपर्ने भएको हो ।
हिमालय बैंकले पनि सर्वसाधारणलाई ३० प्रतिशत सेयर दिएको छैन । उसको अहिले २ अर्ब ७६ करोड रुपैयाँ चुक्ता पुँ भएकोमा सर्वसाधारणको सेयर हिस्सा १५ प्रतिशत मात्रै छ । उसले थप १५ प्रतिशत सेयर सर्वसाधारणलाई प्रदान गर्दा ४१ करोड ४० लाख रुपैयाँ बराबरको सयर प्रदान गर्नुपर्ने हुन्छ ।
यी बैंकहरुले दुई विकल्पमा सर्वसाधारणलाई सेयर प्रदान गर्न सक्ने छन् । नेपाल राष्ट्र बैंकले दुई विकल्प दिएको कारण उनीहरुले उक्त विकल्पहरु प्रयोग गर्न सक्ने भएका हुन् । ती विकल्पहरुमा अहिले संस्थापकसँग रहेको सेयर सर्वसाधारणमा परिणत गर्ने वा थप सेयर नै जारी गर्ने भन्ने हो । थप सेयर जारी गर्दा उनीहरुले प्रिमियम मूल्यमा पनि सेयर जारी गर्न सक्ने राष्ट्र बैंकले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.