बोनस शेयरपछि नबिल बैंकको शेयर मूल्य समायोजन

  २०७६ पौष ८ गते १०:०५       विकासन्युज

काठमाडौं । मंगलबार नबिल बैंकको शेयर मूल्य समायोजन भएको छ । बैंकको १२ प्रतिशत बोनसपछि शेयर मूल्य समायोजन भएको हो ।

समायोजनपश्चात बैंकको शेयर मूल्य प्रतिकित्ता ६६९.६४ रुपैयाँ रहेको छ ।

बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई ३४ प्रतिशत लाभांश दिने प्रस्ताव गरेकाे छ । बैंकले १२ प्रतिशत बोनस र २२ प्रतिशत नगद गरी सो मात्राको लाभांश दिने प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांशलाई बैंकको आगामी साधारणसभाले पारित गर्नुपर्ने छ । सभाले पारित गरेपछि मात्रै सेयरधनीले सो मात्राको लाभांश पाउने छन् ।