घोडीघोडा लघुवित्तको पुस २६ गते एजीएम, बुक क्लोज कहिले?

  २०७६ मार्ग २९ गते ११:५१       विकासन्युज

काठमाडौं । घोडीघोडा लघुवित्त वित्तीय संस्थाको वार्षिक साधारणसभा पुस २६ गते हुने भएको छ । सो प्रयोजनको लागि संस्थाले पुस ७ गतेदेखि पुस २६ गतेसम्म शेयर कारोबार बन्द(बुक क्लोज) गर्ने भएको हो ।

संस्थाको वार्षिक साधारणसभा पुस २६ गते धनगढी कैलालीमा बस्दैछ । शुक्रबार बसेको सञ्चालक समितिको बैंठकले सो सभा निम्न मिति र स्थानमा सम्पन्न गर्ने निर्णय गरेको हो ।